ओमसतियामा कुस्ती महोत्सव सुरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता

प्रकाशित मिति:

रुपन्देही/रुपन्देहीको ओमसतिया गाउँपालिकामा कुस्ती महोत्सव  सुरु भएको छ। नेकपा बिप्लव माओवादी केन्द्र का नेता तथा प्रमुख अतिथी मदन थारुले रेवन काटि कार्यक्रम उदघाटन गर्नु भएको हो । श्री रामजनकी रंगशाला अध्यक्ष तथा वडाध्यक्ष शिव कुमार धवलको अध्यक्षता रहेको थियो ।

अन्तर्राष्ट्रिय खेलाडी केशस दासले खेलमैदान पुजा अर्चान गरि सुरुवात गरिएको थियो । कुस्ती महोत्सवमा भारतका विभिन्न स्थान जस्तै गोरकपुर, विहार,राजिस्तान , बनारस ,पन्जाब लगायत का खेलाडी सहभागी रहने छ भनी नेपाल जिल्ला जस्तै त्रीबेणी , कोपिलबस्तु, नवलपरासी ,लुम्बिनी प्रदेश , सिलौटिया र पटखौली गरि नेपाल का खेलाडी सहभागी रहने भएको छ। उक्त दुबै देश खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्म आफ्नो नाम कमाएका खेलाडी र ख्याती प्राप्त खेलाडी सहभागी रहने भएको छ।

आज भएको खेलमा ५ हजार देखि ७ हजार सम्म खेल खेलाइएको थियो भने भोलि चाहिँ रोमाञ्चक प्रतिस्पर्धा खेल हुने भएको छ भने उक्त खेल दुई सम्म सन्चालन रहेको छ भने उक्त कार्यक्रम पत्रकार पशुपति यादबले सन्चालन गरेका थिए।