गुगलले न्युयोर्कमा १ अर्ब डलरको मुख्यालय बनाउने

५ पुष २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
0 Shares


काठमाडौं । गुगलले न्युयोर्कमा १ अर्ब डलरको मुख्यालय बनाउने भएको छ । सो क्षेत्रमा कम्पनीको व्यापार उल्लेख्य मात्रामा विस्तार भइरहेको अवस्थामा कम्पनीले यस्तो योजना अघि सारेको हो । न्युयोर्कमा अमेजन एप्पलजस्ता कम्पनीहरुले आफ्नो कार्यालय विस्तारको योजना अघि सारिसकेको अवस्थामा गुगलले पनि मुख्यालय खोल्ने योजना अघि सारेको हो । समाचार एजेन्सीका अनुसार नयाँ मुख्यालयको नाम हडसन स्क्वायर हुनेछ । यो मुख्यालय १ लाख ५८ हजार वर्गमिटरको क्षेत्रफलमा निर्माण हुनेछ ।

पछिल्लो समय आफ्नो व्यापारमा महत्वपूर्ण विस्तारको योजनामा अघि बढिरहेको गुगलको लागि यो महत्वपूर्ण योजना रहेको बताइएको छ ।यो योजनाको माध्यमबाट आगामी १० वर्षको अवधिमा १४ हजार रोजगारी सिर्जना हुने बताइएको छ । यसअघि गत साता अर्को अमेरिकी प्रविधि कम्पनी एप्पलले टेक्ससमा १ अर्ब डलरको मुख्यालय बनाउने योजना अघि सारेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया