कञ्चन गोल्ड कपको दोश्रो दिनको खेलमा सैनामैना खेलकुद समिति ३-१ गोलले बिजयी

प्रकाशित मिति:

रुपन्देही-रुपन्देहीको कञ्चनमा जारी कञ्चन गोल्ड कपको दोश्रो दिन सैनामैना खेलकुद समिति ३-१ गोलले बिजयी भएको छ। सैनामैना खेलकुद समितिले फर्साटिक एफ।सी।लाई ३(१ गोल अन्तरले पराजित गरेको हो ।खेलको २ मिनेटको समयमा सैनामैना खेलकुद समितिका बिकल के।सीले पहिलो गोल गरी खेललाई अग्रपंक्तीमा पुराएको खुशी सेलाउन नपाउदै फर्साटिक एफ।सी।ले खेलको छैठौं मिनेटमा गोल फकाए पछि खेललाई बराबरीमा पुराउन सफल भएको थियो

खेलको पहिलो हापको करिब अन्तिम समयमा फेरी सैनामैना खेलकुद समितिबाट पुन दोश्रो गोल फर्का पछि खेल २(१को गोल अन्तरले सैनामैना खेलकुद समिति अगाडी रह्यो ।सैनामैना खेलकुद समितिका बिकल के।सी।ले मध्यान्तर पछिको मध्यान्तर समयमा पुन तेश्रो गोल गरेपछि सैनामैना विजयको नजिक पुगेको हो।फागुन २१ गते सम्म संचालन हुने उक्त प्रतियोगितामा बिजेता टिमले १ लाख ५१ हजार रुपैया सहित गोल्डकप प्राप्त गर्ने छ भने उपविजेता टिमले १लाख रुपैया प्राप्त गर्ने छ। बिगतका प्रतियोगिताहरुमा देशभरका उत्कृष्ट १६ फुटवल टिमहरुले सहभागिता जनाउदै आएकोमा यस बर्ष उत्कृष्ट ८ टिमले प्रतिस्पर्धा गर्नेछन।

यस्तै प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ट ४ खेलाडीहरुलाई जनही ५ हजार १ सय रुपैयाका दरले पुस्कारको ब्यबस्था पनि गरिएको हिमालय सामुदायिक बिकास केन्द्रका सचिव तथा खेल संयोजक टीका थापाले जानकारी दिनुभएको छ । खेल अवधीभर उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिड फिल्डर र सर्वाधिक गोलकर्ता गरी ४ जानलाई बिधागत रुपमा पुरस्कार प्राप्त गर्ने छन। हिमालय सामुदायिक बिकास केन्द्रको खेलमैदानमा हुने प्रतियोगिता हुने छ। हरेक दिनको खेलमा हुने म्यान अफ द म्याचलाई १ हजार १ सय रुपैया प्राप्त गर्ने छन।