रुपन्देही-जनआस्था पृथ्वी क्लव,कञ्चन४, रुपन्देहीद्वारा आयोजित पाँचौ रबि(किरण खुल्ला पुरुष भलिवल प्रतियोगिता शनिवार देखि शुरु भएको छ । महा शिवरात्री मेला २०७८ तथा नेपाल मगर संघको ४० औं स्थापना दीवसको अवसरमा आयेजित प्रतियोगितामा पाल्पा, कपिलबस्तु, रुपन्देही र गुल्मीका गरी १२ भलिवल क्लवहरुले सहभागिता जनाएका छन।प्रतियोगिताको उद्धघाटन गर्दै कञ्चन गाउपालिका वडा नं। ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले युवाहरुलाई खेलकुदको माध्यमबाट समाज रुपान्तरणमा सहभागी जनाउन उत्प्रेरित गर्न सकिने बताउनु भएको छ। यस्तै वडा नं। ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले अनुशासित र आत्म संयमता भएका युवहरुबाट नै सभ्य समाज निर्माण गर्न सकिने बताउनु भयो । अनुशासित र सभ्य युवाहरुको निर्माण गर्ने मुख्य माध्यम नै खेलकुद भएको वडा अध्यक्ष अधिकारीले बताउनु भयो ।
यसैगरी वडा नं। ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले युवाहरुमा समृद्ध समाज निर्माण गर्ने ताकत हुने बताउदै बिभिन्न कुलत र दुब्र्यनीमा फसिरहेका ती युवाहरुलाई खेलकुदको माध्यमबाट सुरक्षित राख्न सकिनेमा जोड दिनु भयो । कार्यक्रममा रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दीनानाथ आचार्यले युवाहरु समृद्ध कञ्चन खुशी कञ्चनवासीको सम्बाहक भएका कारण युवाहरुलाई खेलकुदको माध्यमबाट उनिहरुको सामाजिक र सांस्कृतिक रुपमा अनुशासित र सचेत नागरिक बनाउन गराउन आवस्यक रहेको बताउनु भयो ।
आज सूर्यमुखी युवा क्लव र पाल्पा भलिवल क्लव बिच भएको उद्धघाटन खेलमा सूर्यमुखी युवा क्लवले २० सेटको आधारमा पाल्पा भलिवल क्लवलाई पराजित गरेको छ भने सैनामैना भलिवल क्लव र जनआस्था पृथ्वी क्लल सेतो बिच शनिवार नै भएको दोश्रो खेलमा सैनामैना भलिवल क्लवले जनआस्था पृथ्वी क्लल सेतोलाई २० को सोझो सेटमा पराजित गरेको छ।प्रतियोगितामा विजेता टिमले ४१ हजार १ सय ११ रुपैया सहित कप र मेडल प्राप्त गर्ने छन भने उपविजेता टिमले २५ हजार ५ सय ५५ रुपैया सहित कप र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। यस्तै प्रतियोगिताको अन्तिम ४ मा पुग्ने २ टिमले समेत सान्त्वना पुरस्कार स्वरुप जनही ५र५ हजार रुपैया समेत पाउने छन । यस्तै खेल अवधीभर उत्कृष्ट खेल प्रदर्शन गर्ने बिभिन्न बिधामा ७ जना उत्कृष्ट खेलाडीले समेत पुस्कार प्राप्त गर्ने छन ।७ बिधा अन्तर्गत उत्कृष्ट खेलाडीले नगद २ हजार रुपैया प्राप्त गर्ने छन भने उत्कृष्ट डिफेन्डर, स्पाइकर, सर्वर, सेटर, ब्लकर र अनुशासित खेलाडीहरुले जनही १ हजार रुपैया प्राप्त गर्ने छन।
कञ्चनको बुद्ध रंगशालामा फागुन १४ गते देखि १७ गते सम्म सञ्चालन हुने महाशिवरात्री मेला २०७८ तथा रवि(किरण खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुने छ। यस्तै ४० औं मगर संघ स्थापन दिवसको अवसरमा फागुन १५ गते मगर जातिय भेषभुषा सहितको कौडा नृत्य, तारो हान्ने, रसी तानातान, छेलो फाल जस्ता परम्परागत खेलहरुको समेत आयोजना गरिएको आयोजक क्लव जनआस्था पृथ्वी क्लवले जनाएको छ।मेलामा नयाँ पुस्ताहरुका लागि थप मनोरञ्जन प्रदान गर्न १६ गते प्रिति आले र १७ गते सुगम पोख्रेल र स्थानिय कलाकारहरुको बिशेष प्रस्तुति हुने आयोजकले जनाएको छ।