तिघ्रा कमाउने हो भने नेतृत्व छाड्नुपर्छ : लक्ष्मी खतिवडा

प्रकाशित मिति:

नेपाली काङ्ग्रेसकी महासमिति सदस्य लक्ष्मी खतिवडाले नेतृत्व गर्न तिघ्रा कमाउनेले पार्टी छाड्नुपर्ने बताएकी छिन् । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा बोल्दै उनले पार्टी नेतृत्व नसच्चिए कार्यकर्ताको शिर ठाडो नहुने बताइन् । सुनसरी क्षेत्र नं १ की माहासमिति सदस्य खतिवडाले नेताहरूप्रति खबरदारी गरेकी हुन् । जँघार तर्नेले खुट्टा कमाउन हुँदैन । तिघ्रा कमाउने हो भने नेतृत्व छाड्नुपर्छ’, उनले भनिन् केपी ओली नेतृत्वको सरकारलाई हाराबारा तोरी खेलाउन काङ्ग्रेसका हरेक कार्यकर्ता सक्षम छन् । हिजो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन सफल भएको भन्दै त्यसका पार्टी सभापति सबैको धन्यवादको पात्र रहेको उनको भनाइ छ । शेरबहादुर देउवा असक्षम भएको भनी टिप्पणी भइरहेको बेला तिनै तहको निर्वाचन सफल भएको भन्दै पार्टी सभापतिप्रति उनले आभार व्यक्त गरिन् ।

तिनै तहको चुनाव गराउन सक्दैन भनी सबै पार्टीले भन्दै गर्दा पनि जुन साहसका साथ निर्वाचन भयो त्यसको सबैले प्रशंसा गर्नुपर्ने उनको भनाइ छ । यदि त्यही समयमा निर्वाचन हुन नसकेको भए देश भड्खालोमा फस्न सक्ने उनको तर्क थियो । केही मनोनित नेताप्रति इङ्गित गर्दै उनले विधानविपरीत मनोनित हुने नेतालाई विधानकै विषयमा चर्का नारा लगाउने अधिकार नरहेको उनको भनाइ थियो । एउटा सामान्य कार्यकर्तादेखि पार्टी सभापतिसम्म विधानले बाँधिनुपर्ने भन्दै उनले विधानको विरुद्धमा पार्टी अगाडि बढे सङ्कट आइपर्ने बताइन् । नेताहरू संयमित भएनन् र नेताहरूको कद घट्यो भने आफ्नो पनि कद घट्ने भन्दै कार्यकर्ताको लागि भए पनि नेतालाई संयमित भएर काम गर्न उनले आग्रह गरिन् । भातृ संस्थाहरू निस्क्रिय भइरहेको बेला भातृसंस्थालाई सक्रिय बनाएर सरकारको विरुद्धमा खबरदारी गर्न लगाउन उनले आग्रह गरिन् । निर्मलाका निम्ति न्यायको आन्दोलनमा हातमा चोट लागेको स्मरण गराउँदै उनले भनिन्, ‘भातृसंस्थालाई सडकमा उतार्नुस् हामी रगत बगाउन तयार छौँ । बढ्दो महङ्गी र भ्रष्टाचारका विरुद्ध भातृ संस्था परिचालन गर्नुस् त्यसको लागि हामी तयार छाँै । प्रदश पोर्टल वाट