बाबुराम भट्टराईले भने : एमसीसी सम्झौतामा आपत्तिजनक केही पनि छैन

प्रकाशित मिति:

१५ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको बताएका छन् ।आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको बताए । गाउँघरमा पनि साहुसँग ऋण लिँदा तमसुकको भाषाले घोच्ने भन्दै भट्टराईले एमसीसी सम्झौतामा पनि केही घोच्ने भाषा रहेको स्वीकार गरे ।

तमसुकको भाषाले घोच्छ, यसमा एमसीसी पनि घोच्ने कुरा छन्, ती कुरालाई मत्थर पार्न पाए हुन्थ्यो भन्ने लाग्छ तर त्यसमा आपत्ति मान्ने कुरा छैन’ उनले भने ।अहिले एमसीसीको विरोधमा रहेका पूर्वप्रधानमन्त्रीका पालामा कुनै न कुनै रुपमा एमसीसी स्वीकार गरिएको भन्दै नेता भट्टराईले अहिले विरोध गर्नुको मात्र अर्थ नहुने बताए ।