रुपन्देही/रुपन्देहीको कञ्चन गाउपालिकाका कार्यपालिका सदस्य गिर बहादुर बिश्वकर्मा “गोपाल”ले नेकपा एमालेबाट अलग भएको घोषण गर्नु भएको छ। स्थानिय निर्वाचनमा नेकपा एमालेको तर्फबाट कार्यपालिका सदस्यमा निर्वाचित बिश्वकर्माले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसनएमसीसी पास हुन आफ्नो पार्टीले सहयोग गरेको र एम सी सी छलफल चलिरहेको समय रोस्तममा नुन खाएको कुखुरा जस्तो गरि हल्ला मात्र गरेको भन्दै नेकपा एमालेबाट अलग भएको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनु भएको हो ।
सामाजिक सञ्जाल आफ्नो फेसबुकमा नेकपा ऐमालेका संसदहरुले ूसंसदमा एम सी सी छलफल चलिरहेको समय रोस्तममा नुन खाएको कुखुरा जस्तो गरि हल्ला गरीे आफ्नो पार्टीको हितको लागि नारा लगाए तर देशको हितका लागि नारा लगाएन । नेकपा ऐमालेको गलत रवैया कारण एम सी सि सी संसदमा पास भयो त्यसैले म आजबाट नेकपा ऐमालेबाट अलग भएको जानकारी गराउन चाहान्छुू भन्दै फेसबुकमा स्टाटस लेख्नु भएको छ।
सिमित नेताहरु सत्ता स्वार्थको लागि काम गरिदिदा आज नेपाली जनताको अपमान भएको छ।सबै देशभक्तहरु संयम भएर अगाडीको योजना बनाउनु पर्छ। हिंसात्मक गतिविधि नगरौं।क्रान्ति क्रान्तिकारीहरुले देश बिगारे अब शान्ति शान्तिबादीहरु शान्तिपूर्ण ढंगले देश बनाउन लाग्नु पर्छू भन्दै फेसबुकमा आम समुदायलाई कार्यपालिका सदस्य बिश्वकर्माले आग्रह समेत गर्नु भएको छ । चोर्न लागेको चोरलाई हेरेर मौन बस्नु पनि चोरलाई समर्थन गर्नु हो भन्दै बिश्वकर्माले एम सि सि खारेज गर्नुपर्छ भनी लड्दा लड्दै हार्नु परेकोमा सम्पूर्ण देशभक्त आमा बुवा, दाजु भाई तथा दिदी बहिनीहरुसंग फेसबुक मार्फत माफिसमेत माग्नु भएको छ।।बिश्वकर्माले पछिल्लो पटक कञ्चनमा एम।सी।सी सम्झौताका बिरुद्ध कञ्चनमा कृयाशिल राजनैतिक दलहरुसंगको सहकार्यमा बिभिन्न नारा जुलुस र कोण सभा गर्दै आउनु भएको थियो ।