कांग्रेसका १२ युवा केन्द्रीय सदस्यहरुले तत्काल १४ औं महाधिवेशनको माग गरे

५ पुष २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौ‌ं । नेपाली कांग्रेसका १२ युवा केन्द्रीय सदस्यहरुले तत्काल १४ औं महाधिवेशनको माग गरेका छन् । यसअघि पनि महाधिवेशन बैठक माग गर्दै आएका उनीहरुले महासमिति बैठक सकिए लगत्तै महाधिवेशनको माग गरेका हुन् ।  सुरुवातमा ४ जना केन्द्रीय सदस्यबाट बनेको गठबन्धन ६ हुँदै अहिले १२ पुगेको छ । काँग्रेसको नेतृत्व युवाहरुको काँधमा गएमात्र समयअनुकुल पार्टी बन्न सक्ने धारणासहित युवा नेताहरु तातेका हुन् ।  काँग्रेसलाई गन्तव्यमा पुर्याउन युवा नेताहरुले के के समेटेका छन् त ८८ बुँदे प्रस्तावमा । यसअघि नै प्रस्तुत गरिएको बुँदामा नयाँ कभर राखेर र केन्द्रीय सदस्यहरु थपिएर प्रस्ताव आएको हो ।  प्रस्ताव उनीहरुले महासमिति बैठकमा पेश गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया