कञ्चनमा जारी कञ्चन गोल्ड कप अन्तर्गत डि।एम।सी। तुल्सीपुर विजयी

प्रकाशित मिति:

कञ्चन-कञ्चनमा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिता कञ्चन गोल्ड कप २०७८ अन्तर्गत आज भएको खेलमा डि।एम।सी। तुल्सीपुर विजयी भएको छ । खेलको तेश्रो दिन सोमवार सनराइज फुटवल क्लव र डि।एम।सी। तुल्सीपुर बिच भएको प्रतिस्पर्धामा पेनाल्टी शुट आउटमा डि।एम।सी। तुल्सीपुर ४र२ गोल अन्तरले विजयी भएको खेल संयोजक टीका थापा मगरले जनाउनु भएको छ।

निर्धारित समय सम्म दुबै टिमबाट कुनै पनि गोल नभएपछि खेल पेनाल्टी शुट आउटमा तुंगिएको हो । प्रतियोगितामा उत्कृष्ट ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन भने प्रतियोगितामा विजेता टिमले १ लाख ५१ हजार रुपैया प्राप्त गर्ने खखेल संयोजक थापा मगरले जानकारी दिनु भएको छ। यस्तै उपविजेता टिमले १ लाख रुपैया प्राप्त गर्ने छ।यस्तै प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ट ४ खेलाडीहरुलाई जनही

५ हजार १ सय रुपैयाका दरले पुस्कारको ब्यबस्था पनि गरिएको हिमालय सामुदायिक बिकास केन्द्रका सचिव तथा खेल संयोजक टीका थापाले जानकारी दिनुभएको छ । खेल अवधीभर उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिड फिल्डर र सर्वाधिक गोलकर्ता गरी ४ जानलाई बिधागत रुपमा पुरस्कार प्राप्त गर्ने छन। हिमालय सामुदायिक बिकास केन्द्रको खेलमैदानमा हुने प्रतियोगिता हुने छ। हरेक दिनको खेलमा हुने म्यान अफ द म्याचलाई १ हजार १ सय रुपैया प्राप्त गर्ने छन।