जनआस्था पृथ्वी क्लवद्वारा खुल्ला भलिवल प्रतियोगिता अन्तर्गत तेश्रो दिन ४ खेल सम्पन्न

प्रकाशित मिति:

कञ्चन/जनआस्था पृथ्वी क्लव, कञ्चन ४, रुपन्देहीद्वारा आयोजित खुल्ला पुरुष भलिवल खेल प्रतियोगिता अन्तर्गत तेश्रो दिन ४ खेल सम्पन्न भएका छन। सोमवार सम्पन्न खेलमा बाणगंगा स्पोर्टस क्लव, कपिलबस्तु, लाफा भलिवल ट्रेनिंग सेन्टर, सैनामैना भलिवल क्लव र मणिमुकुण्ड भलिवल क्लव बिजयी भएका छन।श्रृजनशिल युवा क्लव, कञ्चन ४ र बाणगंगा स्पोर्टस क्लव कपिलबस्तु बिच भएको पहिलो खेलमा बाणगंगा स्पोर्टस क्लव कपिलबस्तुले श्रृजनशिललाई २र०को सोझो सेटमा पराजित गरी विजयी भएको छ भने कञ्चन स्पोर्टस एकेडेमी र लाफा ट्रेनिंग सेन्टर बिच भएको दोश्रो खेलमा लाफा ट्रेनिंग सेन्टर बुटवल २र० को सोझो सेटमा बिजयी भएको आयोजकले जनाएको छ।

यस्तै सोमबार नै सैनामैना भलिवल क्लव र न्यू होराइजन बोर्डिंग स्कुल बुटवल बिच भएको तेश्रो खेलमा सैनामैना भलिवल क्लव २र१को सेटमा विजयी भएको छ भने तनहुँ बन्दीपुर र मणिमुकुण्ड भलिवल क्लव बिच भएको चौथो खेलमा मणिमुकुण्ड भलिवल क्लव २र० को सोझो सेटमा बिजयी भएको आयोजक क्लवका खेल संयोजक हिमाल थापाले जानकारी दिनु भएको छ।भोली १७ गते मंगलवार फाइनल खेल सहित विबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छ भने रुद्रेशवर महादेबको मन्दिरमा पुजा सहित भजन कृतन हुने आयोजकले जनाएको छ। भोली नै सुगम पोख्रेलको बिशेष प्रस्तुति समेत हुने छ।