
कञ्चन गोल्ड कप अन्तर्गत क्वाटर फाइनलका खेलहरु समाप्त, कपिलबस्तु ११ सेमीफाइनलमा प्रबेश
रुपन्देही/रुपन्देहीको कञ्चनमा जारी कञ्चन गोल्ड कप अन्तर्गत मंगलबार क्वाटर फाइनलका सबै सकिएका छन। मंगलवार कपिलबस्तु ११ र भैरब एफ।सी। नवलपरासी बिचको प्रतिस्पर्धा सकिएसंगै क्वाटर फाइनलका खेलहरु सकिएको हो भैरव एफ।सी। नवलपरासी र कपिलबस्तु ११ बिच मंगलवार भएको अन्तिम क्वाटर फाइनल खेलमा कपिलबस्तु ११ ले भैरब एफसीलाई २१ गोल अन्तरले पराजित गरी सेमीफाइनलमा प्रबेश गरेको हो । हिजोको खेलमा भैरव एफ।सी।का निशान तामाङ्ग म्यान अफ द म्याच भएका छन। म्यान अफ द म्याच भएसंगै तामाङ्गले १ हजार १ सय रुपैया प्राप्त गरेका छन।
हिमालय सामुदायिक बिकास केन्द्र, कञ्चन ४, रुपन्देहीको आयोजनामा सञ्चालित प्रतियोगितामा विजेता टिमले १ लाख ५१ हजार रुपैया प्राप्त गर्ने खखेल संयोजक थापा मगरले जानकारी दिनु भएको छ। यस्तै उपविजेता टिमले १ लाख रुपैया प्राप्त गर्ने छ। आज देखि सेमी फाइनलका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ। आज एनफा एकेडेमी र डिएमी तुल्सीपुर बिच पहिलो सेमीफाइनल खेल हुने छ।
यस्तै प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ट ४ खेलाडीहरुलाई जनही ५ हजार १ सय रुपैयाका दरले पुस्कारको ब्यबस्था पनि गरिएको हिमालय सामुदायिक बिकास केन्द्रका सचिव तथा खेल संयोजक टीका थापाले जानकारी दिनुभएको छ । खेल अवधीभर उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिड फिल्डर र सर्वाधिक गोलकर्ता गरी ४ जानलाई बिधागत रुपमा पुरस्कार प्राप्त गर्ने छन। हिमालय सामुदायिक बिकास केन्द्रको खेलमैदानमा हुने प्रतियोगिता हुने छ। हरेक दिनको खेलमा हुने म्यान अफ द म्याचलाई १ हजार १ सय रुपैया प्राप्त गर्ने छन।प्रतियोगिताको सह आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ,रुपन्देही रहेको प्रतियोगिता फागुन २१ गते सम्म सञ्चालन हुने छ।