कञ्चन-हिमालय सामुदायिक बिकास केन्द्र, कञ्चन ४, रुपन्देहीद्वारा सञ्चालन भएको कञ्चन गोल्ड कपको फाइनलमा डिए।एम।सी। तुलसीपुर फाइनलमा प्रबेश गरेको छ। तुल्सीपुरले एन्फा एकेडेमी, बुटवललाई २(१ गोल अन्तरले पराजित गरी फाइनलमा प्रबेश गरेको हो ।
डि।एम।सी। तुल्सीपुरले भोली हुने कपिलबस्तु ११ र सैनामैना खेलकुद बिकास समिति बिचको सेमी फाइनलबाट बिजयी हुने टिमसंग अन्तिम फाइनल प्रतिस्पर्धा गर्नेछ। गत फागुन १३ गते देखि जारी प्रतियोगितामा बिजेता टिमले १ लाख ५१ हजार रुपैया प्राप्त गर्ने भने उपविजेता टिमले १ लाख रुपैया प्राप्त आयोजकले जनाएको छ।बुधवार भएको खेलमा डिएमसीका राजिव लोक्चन म्यान अफ द म्याच भएका छन।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, रुपन्देही सहआयोजक रहेको प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ट ४ खेलाडीहरुलाई जनही ५ हजार १ सय रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ। यस्तै खेल अवधीभर उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिड फिल्डर र सर्वाधिक गोलकर्ता गरी ४ जानलाई बिधागत रुपमा पुरस्कार प्राप्त गर्ने छन। हिमालय सामुदायिक बिकास केन्द्रको खेलमैदानमा हुने प्रतियोगिता हुने छ। हरेक दिनको खेलमा हुने म्यान अफ द म्याचलाई १ हजार १ सय रुपैया प्राप्त गर्ने छन।