कञ्चन/हिमालय सामुदायिक बिकास केन्द्र, कञ्चन ४, रुपन्देहीद्वारा सञ्चालित कञ्चन गोल्ड कपको उपाधी कपिलबस्तु ११ ले हात पारेको छ।अन्तिम फाइनलमा प्रबेश गर्णसफल रुपन्देहीको डिएमसी तुल्सीपुरलाई २र१ गोल अन्तरले पराजित गरि कपिलबस्तु ११ ले उपाधी चुमेको हो।कपिलबस्तु ११ ले उपाधी चुमेसंगै १ लाख ५१ हजार १ सय ११ रुपैया सहित कप र मेडल प्राप्त गर्न सफल भएको छ।यस्तै उपबिजेता डिएमसी तुलसीपुरले १ लाख १ हजार १ सय रुपैया सहित कप र मेडलमा चित्त बुझाउन बाध्य भएको छ।
यस्तै नेपाल लोकतान्त्रिक खेलकुद संघ,रुपन्देही सह आयोजक भएको कञ्चन गोल्ड कप२०७८ मा उत्कृष्ट गोल रक्षक डिएमसीका दिपेश परियार, उत्कृष्ट डिफेण्डर डिएमीका अनुप थापा, सर्बाधिक गोलकर्ता कपिलबस्तु ११ का सञ्जु सेन र उत्कृष्ट मिड फिल्डर कपिलबस्तु ११ कै रोशन सेन भएका छन। यस्तै कपिलबस्तु ११ का सञ्जु सेन उत्कृष्ट खेलाडी हुन सफल भएका छन। बिधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुले जनही ५ हजार १ सय रुपैया प्राप्त गरेका छन। यसैगरी हरेक दिनको प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीहरुले १ हजार १ सय रुपैया प्राप्त गरेका थिए।
गत फागुन १३ गते देखि जारी भएको प्रतियोगिता हिमालय सामुदायिक बिकास केन्द्रले ११ औं संस्करण सम्म हिमालयन गोल्डकपको रुपमा संचालन गर्दै आएको थियो। हरेक बर्ष महा शिबरात्रीको अबसरमा संचालन गर्दै आएको प्रतियोगिताको १२ औं संस्करण सम्म देशभरका १६ उत्कृष्ट फुटबल टिमहरुले सहभागिता जनाउदै आएकोमा यसपटकको १३ औं संस्करणमा उत्कृष्ट ८ टिमले सहभागिता जनाएका थिए।
कञ्चन गोल्डकप २०७८को अन्तिम फाइनल खेललाई सम्बोधन गर्दै पुर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले नेपालको खेलकुद बिकासमा स्थानिय तहमा सञ्चालन हुने प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्दै आएको बताउनु भयो। नेपाल लोकतान्त्रिक खेलकुद संघका पुर्ब केन्द्रिय अध्यक्ष समेत रहनु भएका पुर्व मन्त्रि बस्नेतले खेलकुदको बिकासमा हरेक पटक निर्माण हुने सरकारले बेवास्ता गर्दै आएको बताउदै जुन सुकै सरकार आएपनि खेलकुदको बिकासमा योजनाबद्ध बजेटको ब्यबस्थापन गर्न आवस्यक रहेको बताउनु भयो। खेलकुदले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देशको पहिचान बनाउने भएकोले खेलाडीहरु देशका गहना भएको र आफुलाई सुन्दर बनाउने गहनलाई राज्यले संरक्षण र प्रबद्धन गर्न आवस्यक रहेको पुर्व मन्त्री बस्नेतले बताउनु भयो।खेलकुद र खेलाडीहरुलाई ब्यबसायिक बनाउन राज्यस्तरबाट आवस्यक योजना सहित बजेतको ब्यबस्थापन गरिनु पर्नेमा जोड दिदै नेपाली कांग्रेसको केन्द्रीय खेलकुद बिभाग प्रमुख समेत रहनु भएका पुर्व संचार मन्त्री बस्नेतले जहाँ खेलकुदको संरक्षण र प्रबर्धन भईरहेको छ ती ठाउहरुमा रंगशाला निर्माण गरिनु पर्नेमा समेत जोड दिनु भयो।
यस्तै नेपाल ओलम्पिक समितिका केन्द्रीय सदस्य तथा अखिल नेपाल फुटबल एशोसियसनका केन्द्रीय सदस्य दिर्घ बहादुर के।सी।ले रुपन्देही फुटबल लिगमा कञ्चनका क्लबहरुले पनि सहभागिता जनाउनु पर्ने बताउनु भयो।कञ्चनमा नियमित रुपमा संचालन हुने प्रतियोगिताहरुले नेपालको खेलकुद बिकासमा निकै महत्वपुर्ण भुमिका खेल्दै आएको र पछिल्लो समयमा ग्रामिण क्षेत्रमा फुटबल प्रतियोगिता संचलान हुनु सबल पक्ष भएको र अब खेलकुद बिकासमा स्थानिय तहले आवस्यक बजेट ब्यबस्थापन गर्नु पर्नेमानजोड दिनु भयो।प्रतियोगिता हिमालय सामुदायिक बिकास केन्द्रको खेल मैदान कञ्चन ४, रुपन्देहीमा केन्द्रका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा सम्पन्न भएको भएको थियो ।