सैनामैनामा मोटरसाईकल अनियन्त्रित भई पल्टदा चालकको मृत्यु,१ जना घाईते !

प्रकाशित मिति:

विष्णु खत्री/ सैनामैना । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका–८ बाँसगढीमा लु ४० प ४९०८ नम्बरको मोटरसाईकल बुधबार राति सवा ९ बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मोटरसाईकलमा सवार अर्का एक जना भने घाईते भएका छन् । दुर्घटनामा सैनामैना ११ वस्ने २८ वर्षीय सञ्जय कुमार थारु गम्भीर घाईते भएकाले उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सालझणडीले जनाएको छ ।
मोटरसाईकलमा सवार सोही स्थानका ३१ वर्षीय भिक्खु थारुको मर्सिसीटी अस्पताल बुटललमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।