श्रीराम मन्दिरमा १८० औं नियमित सत्संग तथा भजनकृतन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल ६ स्थित ऐतिहासिक एवं धार्मिक महत्वको स्थल श्रीराम मन्दिरमा १८० औं नियमित सत्संग तथा भजनकृतन कार्यक्रम सम्पन्न भएको छ । विश्व हिन्दु महासंघ जिल्ला शाखा रुपन्देही,विश्वहिन्दु महासंघ महिला समिति र राममन्दिर समितिको संयुक्त आयोजनामा सम्पन्न नियमित सत्संग तथा भजनकिर्तन कार्यक्रममा संस्थाका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि जिवन विज्ञानका प्रदेश नं.५ संयोजक राधा शर्मा, अधिवक्ता बेनबहादुर पौडेल क्षेत्री, वौद्धिक प्रार्थना डा.बाबुराम ज्ञवाली, हिरादेवि शाक्य, चन्द्रमान श्रेष्ठ लगाएतले बोल्दै नियमित सत्संगले जिवनमा आध्यात्मिक चिन्तनको बाटो खुलाउने बताएका थिए । कार्यक्रमको स्वागत विश्वहिन्दु महासंघ महिला समितिकी अध्यक्ष अम्बिका पौडेलको र कार्यक्रम संचालन कार्यालय प्रमुख उर्मिला श्रेष्ठको रहेको थियो ।