जन्मदिनको अवसरमा वृद्धवृद्धालाई सामुहिक भोजन !

प्रकाशित मिति:

पुष ५ बुटवल । अधिकांशले जन्म दिन होस् वा विवाह उत्सव । सहर बजारका नाम चलेका होटल तथा रेस्टुरेन्टमा हजारौं रुपैयाँ खर्च गरेर मनाउँछन् । जुन अहिले संस्कार बनिसकेको छ । तर बुटवलमा पछील्लो समयमा बिभिन्न क्षेत्रसँग आबद्ध व्यवसायी र व्यक्तिहरूले जन्म दिन फरक तरिकाले मनाउने अभियान नै थालनि गरेका छन् ।
सिद्धबाबा मन्दिरको परिसरमा बसोबास गर्ने करीब २० जना वृद्धवृद्धालाई सामुहिक भोजन गराएर एक उदाहरणिय कार्य गर्ने ब्यक्ती हुन नेत्र भट्टराई । बिगतका बर्षहरु देखी नै सामाजिक अभियानमा सकृय भट्टराई, जुनकिरी टोल बिकास सस्थाका अध्यक्ष , बिपी बिचार राष्ट्रिय समाजका जिल्ला सह-सचिब एक सामाजिक अभियानताका साथै बिभिन्न संघसस्था संग आवद्द छन । उनले भने – ‘बिगतमा जन्मदिन पर्दापनी म दिनदुखिको साथमा गएर मनाउने उनिहरुलाई खुशी बनाउने कार्य गर्दै आईरहेको थिए ‘। साथै उनले जोडे, आधा जिन्दगी गुज्रिसक्यो अवको जिन्दगी सामाजिक कार्यमा थप सकृय रहेर बिताउन्छु । उक्त भोजन समारोहमा उपस्थित बसन्त श्रेष्ठ , योग श्रेष्ठ लगायतले नेत्रले जस्तै अन्य जो कसैले पनि यो कार्यको अनुसरण गर्ने भने दुखीहरु खुशी हुनुका साथै दुखीहरुको आसिस लाग्ने बताएका थिए ।