सर्वाधिक राशीको चौथो सैनामैना ‘मेयरकप फुटबल’प्रतियोगिता हुँदै

प्रकाशित मिति:

सुरेश परियार-रुपन्देहीको सैनामैनामा सर्वाधिक राशीको चौथो सैनामैना मेयरकप खुल्ला नकाउट फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद भन्ने उदेश्य सहित कन्दरा युवा क्लब सैनामैना वडा न.१०, सालझण्डीको आयोजनामा फाल्गुन २८ गते देखि मेयरकप नकाउट फुटबल प्रतियोगिता हुने भएको हो ।

बुधबार पत्रकार सम्मेलन गर्दै फाल्गुन २८ गते देखि सुरु भएको फुटबल प्रतियोगिता चैत्र १० गते सम्म चल्ने खेल संयोजक यम बहादुर श्रीसले बताए । १२ टिमले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । उद्घाटनमा खेल कपिलबस्तु ११ र कञ्चन ११ विच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले रु.२ लाख ५० हजार ५ सय ५५ रुपियाँ,द्धितिय हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपियाँ नगद राशी,शिल्ड,मेडल र प्रमाण पत्र पाउने छन भने सेमिफाइनलमा पराजित हुने दुई टिमलाई जनही २१ हजार ५ सय ५५ रुपियाँ प्रदान गरिने क्लबका अध्यक्ष तुल्सी पौडेले बताए ।यसैगरि प्लेयर अफ टुनामेन्टले माण्टेन साइकल र अन्य विधामा पनि खेलाडी सम्मान गरिने भएको छ ।क्लबका अध्यक्ष पौडेलका अनुसार प्रतियोगिता सम्पन्न गर्न सैनामैना नगरपालिकाबाट आर्थिक सहयोग भएको बताउँदै अनुमानित रु.२० लाख बढि खर्च लाग्ने उल्लेख गरे ।विभिन्न ब्यापारिक प्रतिष्ठानबाट पनि स्पोन्सर समेत आएको बताए ।

सम्मेलनमा बोल्दै सैनामैना नगरपालिका उपमेयर विना रानाले खेलकुद क्षेत्रको श्रीबृद्धिका लागी नगरले खेलकुद विकास नै गठन गरि अघि बढेको बताइन् । सैनामैनाका विभिन्न ठाउँमा खेलमैदान निर्माणधिन अवस्थामा रहेको बताउदै सैनामैनालाई खेलकुदको हवको रुपमा विकास गर्न जनप्रतिनिधी लागि परेको तर्क समेत गरिन् ।यस्तै,कार्यक्रममा सैनामैना खेलकुद विकास समितिका कार्यवहाक अध्यक्ष अम्मर लम्सालले यस वर्ष सैनामैनामा विभिन्न विधाहरुका खेलहरु भइरहेको बताउँदै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न समिति लागेको बताए । खेलकै माध्यमबाट देशका नाम रोशन गर्न सकिने बताउँदै सबैको साथ र सहयोगको अपेक्षा समेत गरे ।खेलका लागी सम्पुर्ण तयारी पुरा भएको जनाउदै सैनामैना वडा न.१० पानबारी खेलमैलदानमा सो प्रतियोगिता हुन लागेको हो ।