रुपन्देही-रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष व्यास मुन चौधरी लगाएत वडा सदस्य सहित जनता समाजवादी पार्टी, नेपाल जसपा मा प्रवेश गरेका छन् ।
जसपा क्षेत्र नम्बर १, रुपन्देहीले तिलोत्तमा–१० स्थित बेवरामा शुक्रबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा चौधरी जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाका वरिष्ठ नेता अशोक राई, दान ब।चौधरी, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश मन्त्री पुर्मती ढेगामगर, कृषि,पशुपन्छी तथा भुमी व्यवस्था मन्त्रालय मन्त्री सुमन शर्मा राइमाझी,अशोक कुमार यादव,कमल खनाल,नवीन सुनुवार, हरि घर्ती मगर,महेन्द्र यादव, लगायतले पार्टीमा स्वागत गरे ।उक्त कार्यक्रममा मगर तथा थारु सस्कृती झल्किने नृत्यहरु पनि प्रस्तुत गरिएको थियो।
गत २०७४ सालको स्थानीय तह निर्वाचनमा व्यास मुन थारु नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।कार्यक्रममा विभिन्न पार्टीबाट परित्याग गरी २ सय जना बढी जसपामा प्रवेश गर्नुभएको रुपन्देही जिल्ला अध्यक्ष रामअवतार यादवले जानकारी दिनु भो।उक्त कार्यक्रम चन्दन चौधरीको अध्यक्षतामा र देबेन्द्र पान्डे९सागर०को सन्चालनमा भएको थियो।