सुरेश परियार/नेकपा माओवादी केन्द्र पार्टिको सहायक संगठन वाईसियल नेपालका केन्द्रीय अध्यक्ष सुमन देवकोटाले माओवादीलाई हराउन प्रतिक्रियावादी तत्व सक्रिय भएको बताएका छन् ।गणतन्त्र ल्याएको पार्टि माओवादी केन्द्रलाई जुनसुकै शक्ति लागेपनि विचलित नहुने कुरामा ढुक्क रहेको कुरा औँल्याए ।
वाईसिएल सैनामैना नगरको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका देवकोटाले सविधानमा ब्यवस्था गरिएका संवैधानिक हकअधिकारहरु जव सम्म हटाउन सकिदैन तव सम्म माओवादीलाई हराउन नसक्निे अवसरवादी आवाराहरुको ठम्माई रहेको कुरा समेत उल्लेख गरे ।देश र जनताको लागी भ्रमको खेति गर्ने नेकपा एमालेको गतिविधी देखेर जनता आजित भईसकेको आरोप लगाए ।पार्टिलाई सहि दिशा निर्दिष्ट गर्ने मुख्य खम्बा नै वाईसिएल भएको बताउदै देशभरिबाट युवाहरु वाईसिएलमा आउनेहरुको जनलहर बढेको दावि उनले गरे ।अव हुने चुनावमा माओवादी केन्द्रलाई विजय बनाउन वाईसिएल परिचालित हुनुपर्ने बताए ।
यस्तै,कार्यक्रममा नेकपा माओवादी पार्टि लुम्बिनी सदस्य तथा प्रदेश सभा सदस्य सुर्दशन बरालले एमालेले उत्ण्डको जमात बनाउन लागेको र त्यसको विरुद्धमा माओवादी केन्द्र पर्खाल बनेर उभिने बताएका छन् ।देशमा भइरहेको भ्रष्टारको विरुद्धमा उभिने यो पार्टिले जनताको सारथी बन्दै राष्ट्रियताको पक्षमा आवाज उठाउने कुरामा दुईमत नरहेकोे कुरा उल्लेख गरे । गलत विकृति,विसंगतिको विरुद्धमा वाईसिएलले काम गर्दैआएको भन्दै सवै युवाहरुको विचारको आस्था वाईसिएल भएको सासद बरालले उल्लेख गरे ।
आपतविपत अथवा अन्यायमा परेको अवस्था उद्धार र न्यायका लागी वाईसिएल तयारी अवस्थामा रहनुपर्नेमा जोड उनले दिए ।जनताको लोकप्रिय पार्टिको रुपमा उभियाउन वाईसिएलले गरेको योग्दानको प्रशंसा गर्दै आगामी चुनावमा माओवादीको वर्चश्व कायम गर्न स्वर्तस्र्फुत रुपमा लाग्न आग्रह गरे ।
यस्तै,माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य हुमनाथ न्यौपाने,वाईसिएल लुम्बिनी प्रदेश ईन्चार्ज केयर सिंह कुवंर,वाईसिएल प्रदेश संयोजक जितेन्द्र पुन,माओवादी केन्द्र नेता भोला बस्याल,वाईसिएल जिल्ला अध्यक्ष माधव बस्नेतले बोल्दै माओवादीले युवाहरुलाई अवसर दिएको बताएका छन् ।पार्टिलाई चलायमान र सुदृढ बनाउन वाईसिएलको आवश्यकता भएको हुदाँ विरासत बोकेको वाईसिएल बैचारिक रुपमा अघि बढेको समेत उनीहरुले बताए ।यसैगरि कार्यक्रममा नेकपा माओवादी केन्द्र सैनामैना नगर अध्यक्ष मान बहादुर महतले सवै मोर्चाको निर्णायक भुमिका माओवादी केन्द्र पार्टि भएको बताउदै युवाहरुलाई संगठित गर्दै जाने र अवसर दिने माओवादी केन्द्र भएको बताएका छन् । पार्टिको पुरक वाईसिएल भएको बताउदै प्रतिक्रियावादीको विरुद्धमा ससक्त भएर उभिन आग्रह गरे ।
माओवादी केन्द्र क्रान्तिकारी भएकाले के.पि ओली प्रवृत्तिलाई किनारा लगाएको बताए । माओवादी केन्द्र संग कुनै पनि शक्ति टकराउने आँट अहिले सम्म नगरेको दावि गर्दै अहिले के.पि ओली प्रबृत्तिका ब्यक्तिहरुलाई समाज र देशबाट बहिष्कार गर्न पनि तयार रहेको कुरा जानकारी गराए ।परिर्वतनको सम्बाह वाईसिएल भएको वाईस सैनामैना नगर अध्यक्ष गोविन्द खरेलले बताएका छन् । पार्टिको खम्बा मात्र होइन समाजमा हुने अनैतिक क्रियाकलापको विरुद्ध ससक्त भएर लाग्ने वाईसिएल भएको दावि गर्दै अध्यक्ष खरेलले अराजक तत्वलाई देशबाटै निकाल गर्न वाईसिएल तयार रहेको चेतावानी समेत दिए । अवको वाईसिएलको रण्निति संगठनलाई विस्तार र आगामी स्थानीय तहको चुनावमा माओवादी केन्द्रका उम्मेद्धवारीहरुलाई जिताउन लाग्ने तर्क अध्यक्ष गोविन्द खरेलले गरे ।
वाईसिएल सैनामैना नगरमा नेतृत्व परिर्वतन,अध्यक्षमा शान्ति बराल
नेकपा माओवादी केन्द्र पार्टिको सहायक संगठन वाईसियल सैनामैनाको प्रथम अधिबेशन शानिबार सम्पन्न भएको छ ।अधिबेशनले शान्ति बरालको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।नवसमितिको उपाध्यक्षमा दिपक सुनार,जयलाल विश्वकर्मा,मिलन खड्का,सचिवमा घनश्याम अर्याल,सुर्यप्रकाश चौधरी,सहसचिवमा मनिष जि.सी र बाँकी सदस्यमा रहेको माओवादी केन्द्र सैनामैनाका उपाध्यक्ष राजेन्द्र घिमिरेले जानकारी दिए ।
कार्यक्रममा एक हजार भन्दा बढिको उपस्थिति रहेको थियो भने कार्यक्रमकाको सञ्चालन माओवादी केन्द्रका युवा नेता दिपक अधिकारीको रहेको थियो ।साथै,सोही क्रममा एमाले सहित विभिन्न पार्टि त्याग गरि करिब १ सय जना नेकपा माओवादी केन्द्रमा प्रवेश भएका छन् ।