अन्तराष्टिय उडान शुरु भएपछि प्रदेश ५ कै व्यवसायले फड्को मार्ने : मुख्यमन्त्री पोखरेल

प्रकाशित मिति:

बुटवल, ५ पुस । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले मुलुकभित्र उद्यमशीलताको विकास नगरी गरिने मेला महोत्सव नेपालीको वचत विदेश पठाउने काम मात्र हुने बताए । उद्यमशीलताको विकास नहुंदासम्म आयोजना हुने मेला महोत्सवले विदेशका व्यवसायी पोस्ने काम मात्र भइरहेको मुख्यमन्त्रीले औंल्याए । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नारा साथ शुरु लुम्बिनी एक्स्पो अन्तराष्टिय व्यापारको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले उद्योगी व्यवसायीलाई उद्यमशीलता प्रवद्र्धन गर्न आग्रह गर्दै आफै सक्षम हुन र अरु कसैको कमाउने माध्यम नबन्न सुझाव दिए । ‘ त्यस्तै, मुख्यमन्त्री पोखरेलले ६ महिनाभित्र भैरहवास्थित गौतमबुद्ध अन्तराष्टिय विमानस्थल सञ्चालनमा आउंदा पर्यटन प्रवद्र्धनले सार्थकता पाउने भन्दै पर्यटन व्यवसायी त्यसका लागि तयार हुनुपर्नेमा जोड दिए । अन्तराष्टिय उडान शुरु भएपछि प्रदेश ५ कै ब्यापार व्यवसायले फड्को मार्ने औंल्याउंदै त्यो अवसर सदुपयोग गर्न सुझाए । फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री पोखरेलले मिडियामा सरकारले केही गरेन भनेर हलचल ल्याउन खोजिएपनि देशलाई अहिलेकै नेताले विकास र समृद्धिको यात्रामा लैजाने दावी गरे । उनले एउटा केपी ओलीले पुग्दैन भन्दै हरेक क्षेत्रमा सपना देख्ने हजारौं केपी ओलीहरु जन्मिनुपर्ने बताए ।

सपना नदेखी केही प्रगति नहुने भन्दै उनले एउटा ओलीले नपुग्ने हुंदा विभिन्न क्षेत्रमा सपना देख्न सक्ने हजारौं ओलीहरु जन्मिनुपर्ने तर्क गरे । हजारौं ओलीहरु जन्मिनुपर्छ  सरकार सही बाटोमा हिंडेको उल्लेख गर्दै उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चीन र भारतसंगको सम्बन्ध सुमधुर बनेको उल्लेख गरे । अर्को वर्षदेखि चीनबाट लुम्बिनीसम्म चल्ने रेलको ट्रयाक खोलिने उनले बताए । कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदुत सोम परेराले प्रदेश ५ बुद्ध जन्मस्थल लुम्बिनीको जन्मस्थल र बुद्ध जीवनीसंग सम्बन्धित तिलौराकोट,देवदह र रामग्राम रहेकाले धार्मिक पर्यटन प्रवद्र्धन गरी लाभ लिन सकिने बताइन् ।

उनले लुम्बिनी आउने पर्यटकमा श्रीलंकाली नागरिक सबैभन्दा धेरै भएको उल्लेख गर्दै नेपालीलाई पनि श्रींलका भ्रमण गर्न आग्रह गरिन् । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठले सरकारले वैदेशिक लगानी भित्राई निर्यातजन्य उद्योग प्रवद्र्धनमा जोड दिन माग गरे । संघका अध्यक्ष पदम श्रेष्ठले स्वदेशी व्यवसायीमैत्री सरकारसंग भन्सार र राजस्व नीति बनाउन माग गरे । चुलिदो ब्यापार घाटा रोक्न सरकारले स्पष्ट नीति बनाउनुपर्ने अध्यक्ष श्रेष्ठले माग गरे । प्रदेश राजधानी बुटवलबाट नसार्न र नामाकरण छिटो निर्णय गर्न व्यवसायीको तर्फबाट उनले माग गरे । समारोहमा राष्टिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बुटवललाई प्रदेश ५ को स्थायी राजधानी बनाउन योगदान गर्न मुखयमन्त्री शंकर पोखरेलसंग आग्रह गरे । रूपन्देही व्यापार संघको आयोजनामा शुरु एक्स्पो पुस १८ गतेसम्म चल्ने छ । मेलामा विदेशी ३० सहित ६ सय स्टल रहेका छन् । मेलामा १० लाख दर्शक र ४० करोडको कारोवार हुने लक्ष्य लिइएको मेलाका सहसंयोजक यामलाल लोहनीले जानकारी दिए ।