मुक्तक वाचन गरेर मनाईयो मुक्तक दिवश

५ पुष २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
14 Shares


राष्ट्रिय मुक्तक दिवशको अवसर पारी रुपन्देहीको देवदहमा मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । युगिन साहित्य समाज नेपालको आयोजना, अनुराग साहित्य समाज नेपाल र उज्यालो लाल्टिन प्रतिष्ठान देवदहको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष यज्ञप्रसाद न्यौपाने दीपकको अध्यक्षता, मुक्तककार डा.मुरारी पराजुलीको प्रमुख आतिथ्यतामा भएको मुक्तक वाचन कार्यक्रममा देवदहका करिब एक दर्जन साहित्यक व्याक्तित्वहरुले मुक्तक वाचन गर्नुभएको थियो । मुक्तकमा देशको गरिबी, राजनितिक, युवा अवस्थामा हुने माया प्रेम लगायतका विषयहरुलाई साहित्यको माध्यमबाट प्रस्तुत गरिएको थियो । सोही अवसरमा प्रमुख अतिथि मुक्तककार पराजुलीले समाज सुधारको प्रमुख पाटोको रुपमा साहित्यलाई लिएर जानुपर्ने बताउदै आउने युवापिढीहरुलाई साहित्यको बारेमा तालिम, गोष्ठि संचालन गरेर साहित्यको जगेर्ना गर्नुपर्ने सुझाव दिनुभयो । उहाले साहित्य साहित्यमा मात्र सिमित नरहेर समाजका विकृति र विसङ्गतिको जरालाई साहित्यले उखेल्न सके साहित्यप्रति सबैको विश्वास रहने बताउनुभयो । कार्यक्रममा कार्यक्रम संयोजक विष्णु विवश पोखरेलको संचालनमा भएको कार्यक्रममा अनुराग साहित्य समाजका अध्यक्ष निर्मल ढुङ्गाना, सुसिल सापकोटा, गणेश न्यौपाने लगायतले बोल्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान
  • अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास
  • रवि लामिछानेको समर्थनमा बुटवलमा भब्य प्रदर्शन, हजारौंको उपस्थिति
  • लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव हुने
  • ‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण…
  • ‘बादशाह जुट’ को अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक
  • कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड
  • रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन : वुटवलमा उर्लियो…
  • भ्रामक समाचार राख्ने युट्युबर र वेवसाइटलाई घरघर गएर कार्वाही गर्छौ…
  • कारबाहीको माग गर्दै स्थानियद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन