दीपबोर्डिङमा उत्प्रेरणा कार्यक्रम

प्रकाशित मिति:

दिनेश खड्का ।

बुटवल – ८ सुख्खानगरमा रहेको दीपबोर्डिङमा आज उत्प्रेरणात्मक कार्यक्रम गरिएको छ । कक्षा ९ र १० का करीव ३ सय विद्यार्थीहरुको लागि युवा उत्प्रेरक सृष्टि के.सी.ले सकारात्मक सोच र लक्ष्य निर्धारणका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यार्थीहरुमा कितावी ज्ञानका अलावा जीवन परिवर्तन गर्न सक्ने सीपको विकास होस भन्ने उद्देश्यले यस प्रकारको कार्यक्रम गरिएको बताउनुभयो ।  कार्यक्रममा शिवशक्ति आचार्य, वान्टी जी लगायतले विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउने प्रवचन दिनुभएको विद्यालयका उपप्राचार्य कलाधर अर्यालले जानकारी दिनुभयो ।  कार्यक्रममा विद्यालयका शिक्षक कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।