रुपन्देही, परासी र दाङमा भएका छुट्टा छुट्टै दुर्घटनामा  तिन जनाको ज्यान गयो

प्रकाशित मिति:

रुपन्देही, नवलपरासी र दाङमा भएका छुट्टा छुट्टै दुर्घटनामा  तिन जनाको ज्यान गएको छ । दुर्घटनामा एक दर्जन भन्दा वढि घाईते भएका छन् ।पुर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देही सैनामैनामा मोटरसाईकल पल्टिदा एक जनाको मृन्यु भएको हो । सैनामैनाको बाँसगढीमा लु ४० प ४९०८ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा चालक सैनामैना ११ वस्ने २८ वर्षीय सञ्जय कुमार थारुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाईकलमा सवार अर्का एक जना भने घाईते भएका छन । मोटरसाईकलमा सवार सोही स्थानका ३१ वर्षीय भिक्खु थारुको मर्सिसीटी अस्पताल बुटललमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उता नवलपरासीको डण्डा चोरमारा बीच जंगलमा विहीबार विहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २४ जना घाइते भएका छन् । काँकडभित्ताबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट तल खसेको हो । बसमा सवार सबै घाइते भएका हुन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परी भारतको महाराजगञ्जको नौतनावा बस्ने ३५ बर्षका गौरीशंकर धोवीको मृत्यु भएको हो । त्यसैगरि दाङको घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु१त ९७०७ नंम्वर को ट्याक्टर दुर्घटना हुंदा सो ट्याक्टरका सहचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयका अनुसार बर्दिया घेरुवा गाउँपालिका–५ का १६ वर्षीय सन्तलाल चौधरी सो दुर्घटनामा परी गम्भीर घाइते भएपछि घोराहीस्थित राप्ती स्वास्थ्य प्रतिष्ठानीमा उपचारका क्रममा मृत्यु भएको हो ।