बास्केट फण्ड मार्फत लुम्बिनीको बिकास अघि बढाउनु पर्ने राष्ट्रीय सभा अध्यक्ष तिमिल्सिनाको भनाई

प्रकाशित मिति:

राष्ट्रीय सभा अध्यक्ष गणेश तिमिल्सिनाले लुम्बिनी बिकास कोषको पर्खाल भित्रै मात्र नभई पर्खाल बाहिर बास्केट फण्ड मार्फत लुम्बिनीको बिकास अघि बढाउनु पर्ने बताउनु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाले आयोजनागरेको अन्र्तक्रिया कार्यक्रमलाई सम्बोद्धन गर्दै उहांले यस्तो बताउनु भएको हो ।  अनतरक्रिया कार्यक्रमलाई सम्बोद्धन गर्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले चरणबद्ध रुपमा अगाडी बढाउनका लागि लुम्बिनी नगरपालिकालाई बिकास कोष जस्तै अल्पकालीन र दीर्घकालीन गुरुयोजना बनाई योजना मुताबिक काम गर्न निर्देश समेत दिनु भयो । लुम्बिनी प्रति बिश्वकै ध्यानकेन्द्रित रहेको अवस्थामा लुम्बिनी बिकास कोष ,लुम्बिनी नगरपालिका र लुम्बिनी बौद्ध बिश्व बिद्यालयले एक अर्काको परिपुरक ठानी एकीकृत बिकासको अवधारणा अनुरुप कार्यन्वय प्रक्रिया अघि बढाउनु पर्ने उहांले धारणा राख्नु भयो । एकीकृत योजना अघि बढाउन सार्बजनिक रुपमा बहस गरि जनचाहना बमोजिम जनप्रतिनिधीहरु तीन वटै तह संग समन्वय र सहकार्य गरि अघि बढ्नु पर्ने बताउनु भयो । लुम्बिनीलाई बिश्व पर्यटन गंतब्य स्थलको आर्कषण केन्द्रको रुपमा बिकास गरि नेपालको सम्बृद्धि संग जोडनु पर्ने राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको भनाई छ । कार्यक्रममा प्रदेश सभासद फकरुद्दीन खान, अष्टभुजा पाठक, लुम्बिनी नगरपालिका प्रमुख मनमोहन चौधरी, प्रशाषकीय अधिकृत मोहन पौडेल,लुम्बिनी बिकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराई, लुम्बिनी बौद्ध बिश्व बिद्यालयका क्याम्पस चीफ फणिन्द्र न्यौपाने लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।