कर्मचारीहरुको आन्दोलनले आज पांच घण्टा स्थानीय तह ठप्प

प्रकाशित मिति:

कर्मचारी समायोजन प्रकृयामा असहमति जनाएका आन्दोलनरत कर्मचारीले आज पांच घण्टा स्थानीय तह ठप्प पारेका छन् ।
सोमबारदेखि देशभरका स्थानीय तह ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीले हातमा कालोपट्टी बाँधेर कलम बन्द गर्ने अवधि पनि हरेर दिन बढाउदै लगेका छन्। यस क्रममा आज बिहिबार उनिहरुले पंँच घण्टा धर्ना दिए । जनप्रतिनिधिहरुको समेत समर्थन रहेको आन्दोलन आफ्नो माग पूरा नभएसम्म जारी राख्ने आन्दोलनकारी कर्मचारीले दावी गरेका छन् । यता कर्मचारीहरुले रुपन्देहीका स्थानिय तहहरु पनि ठप्प पारेका छन् । कोन्द्रिय कार्यक्रम अनुसार कामकाज नै बन्द गरेर आन्दोलन उत्रिएको प्रदेश ५ संयोजक सितु प्रसाद श्रेष्ठले बताउनुभयो ।
उहाका अनुसार हातमा कालोपट्टी बाँध्नेदेखि अनिश्चितकाल सम्म कामकाज ठप्प पारेर फोहोर उठाउन बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।  नेपाल कर्मचारी एशोसिएसन बुटवलका अध्यक्ष ठगिश्वर पोख्रेललेस्थानीय तहमा कामकाज बन्द गरी धर्ना दिने कार्यक्रम अनुसार वुटवल उपमहानगरपालीका मा पनि धर्ना दिईएको बताउनुभयो ।