कैंलाश विकास बैंकको शाखा अब रामापुरमा पनि

प्रकाशित मिति:

कैंलाश विकास बैंक लिमिडेटले आज सैनामैनाको कलौनीमा आफ्नो शाखा कार्यालयको विस्तार गरेको छ । ७७ औं शाखा रुपमा सैनामैना ६ कलौंनीमा आज एक कार्यक्रमको आयोजना गरि विस्तार गरेको हो । २६ औं वर्षमा प्रवेश गरेको अवसरमा बैकले आफ्नो शाखा विस्तार गरेको बैंकका पश्चिमाञ्चल प्रमुख कृष्ण प्रसाद अर्यालले जानकारी दिनु भयो । २५ अर्व डिपोजिट रहेको बैंकको २५ अर्बको कर्जा लगानी रहेको उँहाले जानकारी दिनु भएको छ । सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले बैंकको शाखा कार्यालयको उद्घाटन गर्दै विकसीत हुँदैं गएको सैनामैनामा बैंकहरुको शाखा खोल्ने क्रम बढ्दै गएको बताउँनु भएको छ । बैंकबाट सामाजिक सुरक्षा भत्ता बाढ्न सजिलो भएको उँहाले बताउँदै एक वडामा एक बैंक प्रणाली लागू गरेर सुरक्षा भत्ता वाडिने बताउँनु भयो ।कलौंनी शाखा प्रमुख चिन्तामणी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना उद्योगा वाणिज्य संघका महासचिब दिपक अधिकारी ,सैनामैना ब्यापार संघका सचिब दिपेन्द्र पाण्डेय, समाजसेवी नारायण न्यौंपाने , शहिद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख यदुनाथ पन्थी लगायतले कार्यक्रममा बोलेका थिए ।