नेविसंघको अध्यक्षको लागि नेता ताराप्रसाद तिमिल्सिनाको तयारी

प्रकाशित मिति:

सुरेश छन्त्याल/काठमाडौ-नेविसंघको अध्यक्षको लागि नेता ताराप्रसाद तिमिल्सिनाले तयारी गरीरहेका छन् । नेविसंघको अध्यक्ष राजिव ढुंगाना कांग्रेस केन्द्रीय सदस्य भएपछि उक्त पद रिक्त छ । कांग्रेसले नेविसंघको महाधिवेशन तयारी गरेसँगै युवा नेतृत्व ल्याउनु पर्ने माग भएको हो । युवाकोमाग अनुसार नेता ताराप्रसाद तिमिल्सिनाको पक्षमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा सकारात्मक देखिएको बुझिएको छ ।

नेता तिमिल्सिना लामो समय देखि संगठनमा लागि परेका कर्तव्यनिष्ठा नेताको रूपमा चिनिने गरेका छन् । अमृत साइन्स क्याम्पस र नेविसंघ कास्कीको कार्यसमितिमा रहेर लामो समय काम गरेका तिमिल्सिना नैनसिंह महरले राजीनामा दिँदा नेविसंघका सहमहामन्त्री थिए ।

०६२÷६३ को जन आन्दोलन देखि सक्रिय विद्यार्थी राजनीतिमा लागेका तिमिल्सिना गेरुवा–४ बर्दियामा जन्मिएका हुन,स्कुले जीवन देखिनै नेविसंघको सक्रिय राजनीति आएका उनि पार्टीको १४औं महाधिवेशनलाई सफल पार्न सक्रिय भूमिका खेलेका नेता तिमिल्सिनाले अध्यक्षको लागि आफु दौडधुपमा रहेका छन् ।आफु नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष भएमा विद्यार्थि संगठनलाई बलियो र एक ढिक्का बनाएर लैजाने बताएका छन् । नेविसंघको अधिवेशन गराउने जिम्मेवारी कसलाई दिने भन्ने बहस सुरु भईरहेको छ । विधानमा ३२ वर्षको उमेर हद राखिएको छ ।