अर्खबाङ्गमा अभिमुुखिकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

मनोज कार्की /गुल्मी पौष ५ गते मालिका गाउपालिकाकाे अर्खखबाङ्गगमा एकदिने अभिमुखी कार्यक्रम सम्पन्न भएको छ । गाउँ पालिकाको आयोजनामा उपभोक्ता समितिका पदाधिकारीहरुलाइ योजना कार्यान्वयन सम्बन्धि तथा अभिमुखी कार्यक्रम वडा न ४ अर्खबाङ्गमा सम्पन्न भएकाेे छ । कार्यक्रममा योजना तथा सम्पुर्ण गाउपालिकाका कार्यलाइ कसरी चुस्त दुरुस्त बनाउने विषयबस्तुको बारेमा छलफल गरिएको छ । मालिका गाउँ पालिका योजना शाखा प्रमुख मीन बहादुर खड्काले योजनाको बारेमा उपभोक्ता समितिहरुलाइ प्रशिक्षण दिएका थिए ।

सहि कार्यक्रममा गाउपालिका सब इन्जिनियर डिल्लीराज खनाल ले प्राबिधिक ज्ञान सम्बन्धि जानाकारी दिएका थिए । अभिमुखी कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मालिका गाउपालिकाका प्रमुख रित बहादुर थापाले सम्पुर्ण योजना हरुलाइ निरन्तरुपमा लागि परेर काम गर्न सबै उपभोक्ता समितिका पदाधिकारीलाई आग्रह गरेका थिए। सम्पुर्ण योजनाहरु लाई अलपत्र पारेर काम गरेमा कामकारबाही गर्ने र थोरै काम गरेर बजेट पास गर्न आउने समितिलाई बजेट निकासा नगर्ने पनि प्रमुखले बताए । काम गर्नेलाई हौसला दिनुका साथै मालिकाको बिकास गर्नमा उपभोक्ता समितिको मुख्य भुमिका रहेको गाउपालिका उपप्रमुख देबा अर्याल रिजालले बताइन । योजना कार्यान्वयन सम्बन्धि एक दिनको तालिमको सन्चालन गाउपालिका खरिदार रबिन्द्र अर्यालले गरेका थिए । कार्यक्रममा मालिका गाउँपालिका वडा न ४ का वडा अध्यक्ष हिरालाल अर्यालकाे सभाध्य्क्षता रहेको थियो ।