भैरहवा ।सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको पत्रकार दौड प्रतियोगितामा समता टेलिभिजनका सञ्चारकर्मीहरुले वर्चस्व जमाएका छन् । शनिवार देवकोटा चोक देखि ढोलपुर खेलकुद मैदान सम्म भएको दौड प्रतियोगितामा प्रथम, तृतिय र दुई ओटा सान्तवना स्थान हासिल गरि ४ जना सञ्चारकर्मीहरुले दौड प्रतियोगितामा वर्चस्व जमाउन सफल भएका हुन् ।
प्रतियोगितामा समाता टेलिभिजनका सञ्चारकर्मी रमेशजंग बस्नेत प्रथम, प्रमिश पन्थी तृतीय, प्रकाश पाण्डे सान्त्वना र महिला तर्फ एलिना आचार्य सान्त्वना भएका थिए ।दौड प्रतियोगितामा नेपाल वान मिडियाका पत्रकार कृष्ण प्रसाद ढकालले द्वितीय, न्युज ओकेका पत्रिकाका दिवाकर चौधरी सान्वना भएका थिए ।दौड प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो । प्रथम हुनेलाई १५ हजार, द्वितीयले १० हजार, तृतीयले ७ हजार र सान्त्वनाले जनही ५ हजार राशीको पुरस्कार रहेको थियो ।
प्रतियोगिता लगतै सिद्धार्थनगर नगरपालिका वडा नं ३ ढोलपुरमा निर्माण भएको खेलकुद मैदानको उद्घाटन भएको थियो ।उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख हरी प्रसाद अधिकारीले आफु सधै खेलकुद प्रेमी भएकोले खेलकुदको बिकासमा ध्यान दिएको बताए । अधिकारीले सिद्धार्थनगर नगरपालिकामा खेलकुद मैदानको अभाव खट्किएकै कारण डण्डा खोलाले कटान गरेको भुमि संरक्षण गरि अथक प्रयासका बाबजुद खेलकुद मैदान निर्माण गरेको बताए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख उमा काफ्लले खेलकुदको बिकास गर्नको लागी खेलकुद मैदान निर्माण भएको जानकारी दिइन् । उनले खेल मैदानको स्तरउन्नतीमा नगरपालिकाको ध्यान निरन्तर रहि रहने बताइन् ।सिद्धार्थनगर नगरपालिका वडा नं ३ अध्यक्ष थानेश्वर पौडेलले खेलकुद मैदानको अभाव नगरपालिकामा भइरहँदा गुमेको जग्गालाई नगरपालिकाले आफ्नो स्वामित्वमा ल्याउन सफल भएको बताउँदै वडाले बिकासमा महत्वपूर्ण काम गरेको बताए ।
सिद्धार्थनगर नगरपालिकाका बरिष्ठ इन्जिनियर जिवन अर्यालले खेलकुद मैदान ३ बिगाहा १५ कट्ठा क्षेत्रफलमा फैलिएको बताए । “डण्डा खोला डाइभर्सन गरेर मैदानको क्षेत्रफल ६ बिगाहा बनाउने योजना नगरपालिकाको रहेको छ” इन्जिनिर अर्यालले भने ।