आज शुुक्रबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ?

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको ६ गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मार्गशीर्ष शुक्ल पक्षको चतुर्दशी तिथि राति १। ४८ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । रोहिणी नक्षत्र राति १।३७ बजेसम्म रहनेछ । आज सूर्योदय ६।५२ मा छ भने सूर्यास्त बेलुका ५।११ बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा छन् । आज शुक्रबार भगवतीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ । उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद्