आजको राशिफल शुक्रबार

प्रकाशित मिति:

मेष राशिः व्यवसायमा वृद्धि हुनेछ, काम बन्नुका साथै पारिवारिक सुख मिल्नेछ । वृष राशिः आकस्मिक लाभका योग देखिन्छन्, मित्र प्राप्तिका साथै सुखद् यात्राको यअवसर पनि प्राप्त हुनेछ । मिथुन राशिः आर्थिक अस्थिरता रहनेछ, शत्रु पक्ष सबल रहनुका साथै कार्यमा असहजता आउनसक्ने देखिन्छ । कर्कट राशिः मनमा प्रशन्नता रहनेछ, श्रीवृद्धिका साथै सामाजिक मान प्रतिष्ठा प्राप्तिको योग देखिन्छ ।सिंह राशिः व्यापारमा वृद्धि हुनेछ, भौतिक वस्तु लाभदायी रहनुका साथै मित्र सहयोग प्राप्त हुने देखिन्छ । कन्या राशिः आर्थिक पक्ष सबल रहनेछ, अध्ययनमा रुचि जाग्नुका साथै सामाजिक कार्यमा दिन व्यतित हुनेछ । तुला राशिः वाक् शक्तिमा कमी आउनेछ, शारीरिक आलश्यता रहनुका साथै अध्ययनमा पनि अवरोध रहने देखिन्छ ।

वृश्चिक राशिः प्रेम जीवन सुखद् रहनेछ, आय बढ्नुका साथै नयाँ कार्य प्राप्तिको योग देखिन्छ । धनु राशिः विशेष लाभका योग देखिन्छन्, विद्याका क्षेत्र सबल रहनुका साथै कला साहित्यमा रुचि जाग्ने देखिन्छ ।मकर राशिः कार्यमा सफलता मिनेछ, व्यवसायमा वृद्धि हुनुका साथै आर्थिक उन्नतिका योग देखिन्छन् । कुम्भ राशिः कार्यमा अस्थिरता रहनेछ, खर्चमा वृद्धि हुनुका साथै मनमा चपलता रहनेछ । मीन राशिः धनको क्षेत्र सबल रहनेछ, आयमा वृद्धि हुनुका साथै व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ । उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद्