हेर्नुहोस आजको नीति वचन

प्रकाशित मिति:

त्यजन्ति मित्राणि धनैर्विहीनं पुत्राश्च दाराश्च सुहृज्जनाश्च । तमर्थवन्तं पुनराश्रयन्ति अर्थो हि लोके मनुष्यस्य बन्धुः ।।–हितोपदेशजोसँग धन छ उसको पछि सबै लाग्छन् र जोसँग छैन उसका आफन्त पनि टाढिन्छन् । यो संसारमा मान्छेको धन नै बन्धु भएको छ । संसार चलाउने शक्ति नै धनमा अडिएकोछ । धनकै पछि मान्छे निरन्तर कुदिरहेको हुन्छ । अरु त के विद्वानलाई पनि धनको वशमा गर्न सकिन्छ भन्ने नीतिकारले बताएका छन् । जोसँग धन छ उसको पछि लाग्ने पनि उति नै हुन्छन् । जब त्यही धनी व्यक्ति निर्धन बन्न पुग्छ तब आफन्त र आफ्नै मान्छेले पनि वास्ता गर्न छाड्छन् । अरु त परको कुरा घरका पति पत्नीबीच पनि वेमेल शुरु हुन्छ । छोराछोरीमा पनि वेमेल हुन्छ । त्यसैले यो धन मान्छेको बन्धु बनिरहेको छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला–