महासमिती बैठकमा नेबिसंघ विषय प्रबेश

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक कहिले सकिन्छ भन्ने टुंगो छैन । कांग्रेसको विधानमा अझै समाधान निस्कन नसकेकाले महासमिति लम्बिँदै गएको छ ।  महासमिति लम्बिँदै जाँदा महासमितिमा विभिन्न मागहरु पनि आउन थालेका छन् । सोही क्रममा नेपाल विद्यार्थी संघको विषय पनि महासमितिमा प्रवेश गरेको छ ।   महासमिति सदस्य निमा गिरीले महिलाहरुलाई पनि नेविसंघको नेतृत्व दिन माग गरेकी छिन् । महासमिति बैठकमा संवोधन गर्दैै नेविसंघ नेतृ निमा गिरीले नेविसंघको इतिहासमा २० जना अध्यक्ष भएकामा सबै पुरुष रहेकाले अब महिलालाई दिन माग गरिन् ।