काठमाडौं, चैत २० – नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको नगर प्रमुख पद नछाड्ने निर्णय गरेको छ । पार्टी कार्यालय कमलनगरमा आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा नेपाली काँग्रेसको उम्मेदवार रहनेगरी मात्र गठबन्धनका दलहरुबीच चुनावी तालमेल गरिने काँग्रेस चितवनले निर्णय गरेको हो ।
नेपाली कांग्रेसले मेयर पद नपाउने अवस्थामा कुनै पनि हालतमा चुनावी तालमेल नगरी एकल निर्वाचनमा जानुपर्ने निर्णय समेत जिल्ला कार्यसमितिले गरेको छ । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेससँगको तालमेलमा माओवादीकी उम्मेद्वार रेणु दाहाल नगर प्रमुख बनेकी थिईन् । आगामी स्थानीय तह निर्वाचनमा तालमेलको चर्चा चलिरहँदा पुनः दाहाललाई नै प्रमुखमा उम्मेदवार बनाउने चर्चा चलेपछि चितवन कांग्रेसले यस्तो निर्णय हो ।