‘ब्रेकअप’को पीडा भुल्दै गायिका नेहा कक्कर !

प्रकाशित मिति:

एजेन्सी – बलिउडकी चर्चित गायिका नेहा कक्करको प्रेम सम्बन्धमा ब्रेकअप भएको छ । अहिले यो खबर भारतीय मिडियाका लागि मसला बनिरहेको छ ।
नेहाको ब्रेकअपको खबर आएसँगै उनका फ्यानहरु निराश पनि भएका छन् । नेहा आफैले पनि ब्रेकअपको खबरलाई पुष्टी गरेकी थिइन् । नेहा र कलाकार हिमांश कोहलीको प्रेम सम्बन्धको खबर त खासै चर्चामा रहेन । तर, उनीहरुको ब्रेकअपको खबरले भने मिडियालाई तताउन सफल भयो । तर, नेहाले भने अब आफू ब्रेकअपबाट बाहिर आएको छनक आफ्ना फ्यानलाई दिएकी छिन् । उनले लेखेकी छिन्–‘महिलाहरुमा अझै निखार आउँछ जब उनीहरुलाई धेरै माया दिइन्छ र राम्रो व्यवहार गरिन्छ ।’

नेहाको यो भनाइले अब उनी हिमांशसँगको ब्रेकअपको घटनाबाट मुक्त हुन चाहेको बुझ्न सकिन्छ । नेहाले ‘इन्डियन आइडल’मा ब्रेकअपको बिषयमा कुरा गरेकी थिइन् भने सामाजिक संजालबाट पनि उनी र हिमांशको सबै तस्बिर र भिडियो हटाएकी छन् ।