पुस्तक अंश : नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवाद , पुनर्निर्माणको मार्गचित्र !

प्रकाशित मिति:

आन्तारिक लोकतन्त्र र सुधार
गत निर्वाचनमा पार्टीको पराजयले हामीलाई झक्झकाएको छ । पार्टीभित्र आन्तरिक लोकतन्त्रको दयनीय अवस्था, नेता तथा आवद्ध सदस्यहरुको उच्छृखंल तथा गैह्रजिम्मेवार आचरण र कर्मशीलताको खडेरी आजको काँग्रेस पार्टीभित्र तितो वास्तविकता हो । हालका वर्षहरूमा पार्टीको आन्तरिक जीवनमा नैतिक मूल्य र मान्यतामा ह्रास झन् थपिएको छ । एकातिर चरित्रवान र कर्मठ सदस्यहरु उदासिन हुन पुगेका छन् भने अर्कोतिर पार्टीभित्र पैसावाल, परिवारवाद र बाहुबलीको बढ्दो प्राथमिकताले पार्टीभित्रै अन्तरघातको संस्कृति मौलाउँदै गएको छ । परिणामतः दक्षिण एसियाकै महत्वपूर्ण राजनीतिक दलको रूपमा रहेको नेपाली काँग्रेसको संसद् र बाहिर पनि कमजोर उपस्थिति रहन गएको छ । योभन्दा दुःख लाग्दो अवस्था के हुन सक्छ ? काँग्रेसको यो दुरवस्थाबाट माथि उठाउन हामी सबैको एकीकृत र साझा प्रयास जरुरी छ । संगठनका सबै संस्थागत क्षेत्रहरूमा व्यापक परिवर्तन र सुधार जरुरी छ । मेरो विचारमा कुनै पनि संगठनका तीनवटा संस्थागत तत्वहरू हुन्छन् ।
१. लोकतान्त्रिक र समयसापेक्ष विधान
जसले त्यस संस्थामा आवद्ध व्यक्तिहरूलाई नियमन गर्छ । अर्को, उनीहरूको सांगठनिक क्रियाकलापमा वृद्धि गर्छ । विधानबाट अगाडि बढ्दा संस्थासित आवद्ध सदस्यहरुको मूल्यांकन गरी वृत्ति विकास समेतमा अभिप्रेरित गर्छ । तसर्थ, हामीले विधानलाई २१ औँ शताब्दी तथा संघीयताका सन्दर्भमा परिमार्जन गर्नुपर्दछ ।
२. वैचारिकरूपले प्रखर र दूरदर्शी नेतृत्व
सांगठानिकरूपले क्रियाशील, निष्ठावान, क्षमतावान, चरित्रवान व्यक्तिहरूलाई काँग्रेसको नेतृत्वदायी भूमिकामा अगाडि ल्याउने ठोस कार्ययोजना हुनुपर्छ । पार्टीको तल्लो निकायदेखि माथिल्लो निकायसम्म यस्ता सक्षम, प्रतिबद्ध र चरित्रवान नेतृत्व स्थापित गर्ने अभियान काँग्रेसको रहनेछ ।
नेता वा नेतृत्व भन्नासाथ उसको व्यक्तित्वमा अरु सद्गुणका अतिरिक्त सोच्ने, बोल्ने र गर्ने क्षमता तथा क्रियाशीलता अनिवार्य छ । समसामयिक राजनीतिमा हाम्रा प्रतिस्पर्धी पार्टी नेतालाई नै हेरौं – उनीहरु यिनै गुणले प्रभावशाली जस्ता बनेका छन् । नेतृत्वको गुणमध्ये साहस एक मानिन्छ । तर दुःसाहसीहरुले पार्टी र प्रजातन्त्रलाई दुर्घटनाग्रस्त तुल्याएका छन् । यसका अतिरिक्त देशले इमान्दार जिम्मेवार र त्यागी नेता खोजेको छ । निष्ठाको राजनीतिको कुरा त्यसै आएको हैन । दूरगामी योजना र कल्पना विना संगठन र देशको प्रगति गर्न सकिन्न । यो सबै कुरा विचार गरेर नेतृत्व छान्नुपर्छ । नेताले कार्यकर्ताको मूल्याङ्कन गर्न सक्नुपर्ने मात्र हैन कार्यकर्ताले पनि नेताको मूल्याङ्कन गर्न सक्नुपर्छ ।
नोवल पुरस्कार विजेता प्रसिद्ध विद्धान प्रा. अमत्र्य सेनले भनेका छन्– “समानता र स्वतन्त्रताको आार्दशले ओतप्रोत नभएका राजनीतिज्ञहरु विलकुलै कुटिल, धुर्त, संवेदनाहीन, महत्वाकांक्षी र तिगडमवाज चरित्रका हुन्छन्, जो साधनको पवित्रतामा विश्वास गर्दैनन् र साध्यलाई नै सब चिज ठान्दछन् । जसकारणले राजनीति षडयन्त्रकारीहरुको घिनलाग्दो खेलका रूपमा वदनाम हुन पुग्दछ । (नेतृत्वको चरित्र) सत्ताकाप्रति नेताको दृष्टिकोणमा भर पर्छ । उसको सोख सत्ता हो भने उसले मानिसहरुलाई प्यादा सरह प्रयोग गर्छ । यदि उसको सोख जनता हो भने सत्ताद्धारा जनताको भलो गर्छ । उसले जनताको भावना र सम्बन्ध अनुसार काम गर्छ ।” अब हाम्रा नेता कस्ता छन् ? हेर्नोस् र निराशा कहाँबाट जाग्यो, बुझनोस् ?
३. युग सुहाउदो विचार
संस्थागत तत्वमध्ये एक सम्बन्धित पार्टीले लिएको लक्ष्य वा उद्देश्य पनि महत्वपूर्ण हो । त्यसो त, आजको नेपालमा जसरी वर्तमान सरकार कम्युनिष्ट प्रतिगमनहरूलाई ब्यूताउन र नेपालमा अझै राजनीतिक संक्रमण निम्त्याउने उद्देश्यले अगाडि बढिरहेको छ, यसले नेपाली काँग्रेसलाई सामाजिक न्याय, लोकतन्त्र, नागारिक अधिकार र स्वतन्त्रता, उदारवाद आदिका लागि कार्य गर्न ठूलो अवसर दिने सम्भावना त छँदैछ तर खासगरी भूमण्डलीकरणको सन्दर्भमा काँग्रेसको आफ्नो नीति र लक्ष्यलाई समयानुकुल परिष्कृत र पुनःलेखन गर्न आवश्यक छ । आजको वैदेशिक वा घरेलु नीति कोरा सैद्धान्तिक नभई व्यवहारिकतामा आधारित हुनुपर्दछ । यस सन्दर्भमा च्बमष्अब िऋभलतचष्कm को अवधारणाबारे उल्लेख गर्न चाहान्छु । च्बमष्अब िऋभलतचष्कm को मुख्य विशेषता नै व्यावहारिकता वा यर्थाथवादिता हो जसले संयुक्त अधिराज्यका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरलाई “थर्ड वे” लेख्न प्रेरित ग¥यो । यसै विचारबाट अमेरिकाका पूर्व राष्ट्रपति विल क्लिन्टन पनि उल्लेख्य रूपमा प्रभावित थिए ।
बीसौं शताब्दीको अन्त्यतिर पश्चिमा मुलुकहरुलाई स्थायित्व र विकास प्रदान गर्न यस सैद्धान्तिक नीतिको ठूलो हात रहेको छ । आज एक्काइसौं शताब्दीको प्रारम्भिक चरणमा, जबकि बाम र दक्षिणपन्थीहरुको– केबल यूरोप–अमेरिका मात्र होइन हाम्रा छेउछाउ समेतमा पनि, हावा चलिरहेको सन्दर्भमा नेपालमा ‘‘मध्यमार्गी’’ राजनीतिको ठूलो महत्व टड्कारिएको देखिन्छ । ‘‘मध्यमार्गी’’ राजनीतिले दक्षिण र बाम उग्रतालाई मत्थर पार्दै मुलुकलाई स्थायित्व र समृद्धितिर डो¥याउन सक्छ । प्रस्टरूपमा भन्नुपर्दा सामाजिक न्याय सहितकोे आर्थिक वृद्धि नेपाली काँग्रेसको नीति हो र त्यसको प्राप्तिको लागि राष्ट्रको राजनीतिमा पार्टीको राजनीतिक स्थान भनेको च्बमष्अब िऋभलतचभ नै हो भनेर हामीले बुझ्नु पर्दछ । यसबाट नेपाली काँग्रेस विचलित हुनुहुँदैन । म त्यसैका लागि कटिवद्ध र संघर्ष गरिरहेको छु । सामाजिक लोकतन्त्रको शाश्वत पक्षलाई हामीले अधिबढाउनै पर्छ ।
संक्षिप्तमा भन्नु पर्दा, नेपाली काँग्रेसको पुनर्जीवनकोे पहिलो आधार पार्टीको विधानमा समय सापेक्ष सुधार, दोस्रो, केन्द्रदेखि तलसम्म वैचारिकरूपले सक्षम अनुशासित र चारित्रिक रूपले निष्कलंक पार्टी नेतृत्व उत्पादन गर्ने । तथा, तेस्रो – काँग्रेस पार्टीको समय सान्दर्भिक लक्ष्य र उद्देश्य प्रष्टाउने र राष्ट्रमा यसको ‘‘केन्द्रीय’’ राजनीतिक स्थान सुरक्षित राख्ने । यी तीन संस्थागत तत्वहरूमा सुधार आवश्यक छ । यी सुधारहरु भएको खण्डमा नेपाली काँग्रेसले निश्चित रूपमा पुनर्ताजगी प्राप्त गर्नेछ र सिङ्गो राष्ट्रप्रतिको जिम्मेवारी सशक्त ढंगले सम्पन्न गर्नेछ ।