पर्साका दर्जनौ प्राथमिक विद्यालयका विद्यार्थी चिसो भुइँमै बसेर पढ्न बाध्य !

प्रकाशित मिति:

६ पुस, पर्सा । चिसो र शीतलहरका कारण पर्साका ग्रामण क्षेत्रका विद्यार्थी प्रभावित भएका छन् । कक्षा कोठामा विद्यार्थीका लागि डेस्क र बेन्च समेत नहुँदा जिल्लाका दर्जनौ प्राथमिक विद्यालयका विद्यार्थीहरु चिसो भुइँमै बसेर पढ्न बाध्य भएका छन् ।जिल्लाका दुई दर्जनभन्दा बढी प्राथमिक विद्यालयमा डेक्स बेन्चको अभाव छ । पर्साका अधिकांश विद्यालयका विद्यार्थीहरु घाम लागेको बेला चौरमा र शितलहरका बेला कक्षा कोठामा बोरा विछ्याएर बर्षौदेखि पढ्दै आएका छन् ।
सरकारी निकाय तथा स्थानीय तहका जनप्रतिनिधिले सामूदायिक विद्यालयहरुको भौतिक संरचनामा ध्यान नदिएका कारण विद्यार्थीहरु चिसो भुईमै पढ्न बाध्य भएका शिक्षकहरुको गुनासो छ ।