अमेरिकामा केसी डान्स सेन्टरले अब अनलाइनबाटै नेपाली नृत्य सिकाउने !

प्रकाशित मिति:

अमेरिका पुष ६ । मन भएपछि ठाउँ र समयले छेक्दैन भन्ने उदाहरण हुन्, नबिन के सी र लुना श्रेष्ठ ।अमेरिकाको वाशिंटन डिसिमा एक दशक भन्दा बढी समय देखि बस्दै आएका नृत्यका सफल कोरियो ग्राफर केसी र श्रेष्ठले केसी डान्स सेन्टर स्थापना गरेर नेपालीहरूलाई नृत्य सिकाइ रहेका छन् अमेरिकाको भर्जिनियामा हरेक दसैंको अबसर पारेर केसी डान्स सेन्टरले ऐतिहासिक कार्यक्रम मनाउदै आएको छ। यस वर्ष उक्त सेन्टरले आयोजना गरेको कार्यक्रमको सर्बत्र प्रशंसा गरिएको थियो । कार्यक्रमका सबै प्रस्तुतीहरू उत्कृष्ट नै थिए तर “ मम डान्स” (मम्मीहरुको नृत्य) सर्वाधिक प्रिय थियो । केसी डान्स सेन्टरले कम्युनिटीको सेवाको लागि अवदेखि घरमा नै बसेर नृत्य सिक्न चाहनेहरूका लागि अनलाइनबाटै नृत्य सिकाउन शुरू गरेको छ । जसका लागि यो लिंकलाई क्लिक गरेर आफू र आफ्ना बच्चाहरूलाई नृत्य सिकाउन सकिने छ।

केसी डान्स सेन्टरले भर्जिनियाको अलेक्जेंड्रिया, फेयरफ्याक्स र मेरिल्याण्डमा नृत्य कक्षाहरु संचालन गर्दै आईरहेको छ। साथै यो डान्ससेन्टरले २०१७ देखि हरेक बर्ष दसैं तिहारको अवसरमा डिसि नगर क्षेत्रमा “ कलिउड नाइट “ संन्चालन पनि गर्दै आएको छ।
भिडियो :-