गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन कांग्रेस क्षेत्र न. ३ को अपिल

प्रकाशित मिति:

तुलसीपुर।नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ ले यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा कांग्रेसको नेतृत्वमा ५ दलीय गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन अपिल गरेको छ । मगंलवार दाङ क्षेत्र न. ३ का सभापति जगतबहादुर खड्काले प्रेस विज्ञप्ती जारी गर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी र उपमेयर पदका उम्मेदवार जोगबहादुर रानाको पक्षमा जित हासिल गर्न तिब्रताका साथ प्रचार प्रसारमा लाग्न पार्टीका कार्यकर्ता,सम्पुर्ण नेताहरु,शुभच्छुक,भातृसगंठनहरुलाई आग्रह गर्नुभयो । ‘

पार्टीको केन्द्रिय निर्देशन अनुसार पार्टीैको अपिललाई सहर्श स्वीकार गरि बागी उम्मेदवारहरुलाई आजको मिति देखि ३ दिन भित्रमा आफ्नो उम्मेदवारी फिर्ता लिई पालिका,प्रदेश तहमा जानकारी दिन अनुरोध छ,प्रेस बिज्ञप्तीमा भनिएको छ ।’ यसैबचि शान्तिनगर,बबई र दगीशरण गाउँपालिकामा पनि एकताबद्ध भई गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन अन्य दलहरुसगं स्वच्छ प्रतिस्पर्धा पर्न आग्रह गरिएको छ ।