लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति छैन् : प्रधानमन्त्री

६ पुष २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
0 Shares


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको विकल्प कोही नभएको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिको सांकेतिक विरोध गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति नभएको जिकिर गरे। ‘अहिले कोही कोही देश दौडाहा तिर्थ र श्राद्धमा गएका छन्’, पूर्वराजाको पोखरा भ्रमणतर्फ संकेत गर्दै ओलीले भने, ‘अब लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति छैन्। हामी उपलब्धि गुम्न दिँदैनौं। उनले विगतमा पनि लोकतन्त्र सिध्याउने षडयन्त्र हुँदा त्यसलाई असफल पारेर आएको बताउँदै अब पनि सफल नहुने ठोकुवा गरे। लोकतान्त्रिक व्यवस्थामा कुल घरानाका मान्छेहरु छटपटाएको भन्दै ओलीले नेपाली जनताले कुल घरानाको शासक होइन सेवक खोजेको बताए। ‘अहिले कतिपय मान्छेलाई खान्दान र कुल घरानाको चिन्ता छ’, नेपाल इन्जिनियर्स एशोसियशनका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन राजधानीमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘जनताको निम्ति काम गरौं। कुल घराना वा नघरानाबाट जो पनि आउन सक्छ।’ यद्यपी कुल घरानामा सबै गलत नहुने उनको भनाई छ।

कुल घरानाका मान्छेले अहिलेका नेताहरु हिजो कस्तो हालतमा थिए, आज कुन हैसियतमा छन भनेर टिप्पणी गर्ने गरेको बताउँदै ओलीले भने, ‘हिजो मै जेलभित्र नेलमा थिए। खाली खुट्टामा चिसो छडिमा राखेका थिए। आज जुत्ता लगाएको छु। ति जेल हाल्ने कुल घरानाका मान्छेलाई भतभती पोलेको छ। प्रधानमन्त्री हुँ, एकजोर जुत्ता त लगाउन सक्छु।’ अहिले राजतन्त्रात्मक होइन लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था देशमा रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले कुनै क्षेत्रलाई पनि संकुचन नगरेको दाबी गरे। ‘यो सबै अफवाह हो। यो सरकार मौलिक हक, मानवअधिकार, प्रेस स्वतन्त्रताको पक्षधर हो कुनै संकुचन हुँदैन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • यात्रीलाई कुरुप भन्ने विमानस्थल कर्मचारीको जागिर गयो
  • भारतमा फेला परे नयाँ प्रजातिका माछा
  • घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ
  • भारतमा हिमाचल राज्यमा घरमाथि रुख ढल्दा २ नेपालीको मृत्यु,पाँच जना…
  • पत्रकार डायलसन अधिकारीको निधन प्रती सभापति भरत कुमार शाह दुःख…
  • रोट्रयाक्ट डाउनटाउन द्वारा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
  • काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ
  • बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो
  • चितवनका प्रहरी प्रमुखले भने– आन्दोनकारीमाथि सूक्ष्म निगरानी गरिरहेका छौं
  • शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश