काठमाडौं – पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कवि मीना श्रेष्ठको दोस्रो कविता कृति “फर्गेट एस्टर्डे”को लोकार्पण गर्ने भएकाछन् । कार्यक्रम आइतबार दिउँसो १ः३० बजे प्रज्ञाभवन कमलादी काठमाडौंमा हुने कार्यक्रम गरिने भएको हो ।
एमाले नेतृ समेत रहेकी श्रेष्ठले राजनीतिसँगै साहित्यलाई पनि संगसंगै अगाडि बढाएकी छिन् ।
पुस्तकलाई क्रान्ति मिडिया प्रकाशन प्राली हङकङले प्रकाशनमा ल्याएको हो । खोटाङ जन्मिएर स्थायीरूपमा सुनसरी जिल्लाको इटहरीमा बस्दै आएकी कवि श्रेष्ठ राजनीतिकर्मीका अलावा साहित्यकर्मी पनि हुन। विभिन्न पत्रपत्रिकामा लेख रचना लेखी रहने श्रेष्ठले “बिस्कुन यो मनको” नामक पहिलो कविता संग्रह २०७० सालमा बजारमा ल्याएकी थिइन।
साहित्य संगम नुवाकोटको विशिष्ट आजीवन सदस्य तथा नागरिक समाज नारी सम्मान (२०६३), स्वर्ण नारी सम्मान (२०७०), अनेम संघको नारी सम्मान (२०६३), नागरिक अगुवा आन्दोलन सम्मान (२०६३) तथा संगम साहित्य सम्मान –२०७८(साहित्य संगम नुवाकोट ) बाट उनी सम्मानित भैसकेकी छिन।