सैनामैना नगर प्रमुखको पहीलो निर्णय: नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय

प्रकाशित मिति:

२०७९ जेठ सैनामैना नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख र उप–प्रमुखले सैनामैनामा बसोबास गर्ने अपाङ, दलित, गरिब, विपन्न तथा सुत्केरी महिलाको लागि जिल्लाभर लागु हुने गरि, सैनामैनाको नगरपालिकाको खर्चमा नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्थामा हस्ताक्षर गर्दै सोमबार पदभार ग्रहण गरेका छन् । गत वैशाख ३० गते स्थानिय तहको निर्वाचनबाट सम्पन्न अन्तिम मत परिमाणअनुसार गठबन्धनबाट नगरप्रमुखमा उम्मेदवार बनेका नेपाली काङ्गे्रसका शर्माले एमालेका चित्र कार्कीलाई पराजित गर्दै नगरप्रमुखमा विजयी भएका थिए ।

त्यस्तै, उपप्रमुखमा एमालेकी बिना रानाले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा९माओवादी केन्द्र०का मानबहादुर महतलाई पराजित गर्दै विजयी भएकी हुन् । सोमबार नगरप्रमुख र उपप्रमुखसँगै वडाध्यक्ष तथा सदस्यहरुको सपथ ग्रहण र पदभार गरिएको हो । यसअघि सोमबार बिहान नगरप्रमुख फणिन्द्र शर्मालाई जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीले भैरहवामा सपथ ग्रहण गराएको थियो । उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरुलाई भने नगरप्रमुख शर्मा आफैले सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहणपछि नगरप्रमुख फणिन्द्र शर्माले निवर्तमान प्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गर्दै भन्नुभयो, ‘बिना कुनै राजनीतिक पूर्वाग्रह जनप्रतिनिधिहरुका राम्रा कामहरुमा साथ दिँदै, सुधार गर्नुपर्ने पक्षहरुलाई सुझाव पनि दियौँ । उहाँहरुले आफ्नो कार्यकाल पुरा गरिसक्नु भएको छ । अब जिम्मेवारी हाम्रो काँधमा आएको छ । नगरबासीहरुको साथ र सहयोगमा रहेर सैनामैना नगरपालिकालाई नेपालको उत्कृष्ट नगरपालिका बनाउने प्रण गर्दछौँ ।’ कार्यक्रमका प्रमुख अतिथि सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले कार्यक्रममा भन्नुभयो, ‘निवर्तमान प्रतिनिधिहरुले गरेका कार्यहरुको समिक्षा गर्दै नयाँ कार्यनीतिसहित अगाडि बढ्नुपर्छ । नगरपालिकाको शिक्षा, स्वास्थ्य र विकास निर्माणका कार्यहरुमा तीब्रता दिनुपर्छ । आर्थिक तथा राजनैतिक अवस्था सुदृढ बनाउँदै नेपाललाई श्रीलङका बन्नबाट जोगाउनु पर्दछ ।’

ने।क।पा माओवादीका नगर अध्यक्ष मानबहादुर महत कार्यक्रममा बोल्दै निवर्तमान पदाधिकारीहरु धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘ जनप्रतिनिधिहरुले कुनै पनि राजनीतिक पूर्वाग्रह नराखी जनताको पक्षमा काम गर्नाले सैनामैनालाई उन्नत नगरपालिका बनाउन सकिन्छ । नेपाली काङ्ग्रेसका नगर सभापति रणबहादुर खनाल ले नवनिर्वाचित प्रतिनिधिहरुलाई शुभकामना दिँदै भन्नुभयो, ‘पहिलेको ५ वर्षमा पुरा हुन नसकेका कामहरु पुरा गर्दै नयाँ योजनासहित अगाडि बढ्नुपर्दछ । अबको कार्याकालमा सबै एकजुट भएर सैनामैनाको चौतर्फी विकास गर्नुपर्दछ ।