दाङ, जेठ ११ – दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ। एमालेका पूर्वजिल्लाअध्यक्षसमेत रहेका टीकाराम खड्का ३ हजार ६ सय ९१ मतान्तरले उपमहानगर प्रमुखमा विजयी भए। उनले ३१ हजार ४ सय ८ मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत ल्याए।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गिरी २०७४ सालको निर्वाचनमा पनि प्रमुखमा पराजित भएका थिए। उपप्रमुखमा एमालेकी स्यानी चौधरी ९ हजार ५ सय ३२ मतान्तरका साथ विजयी भइन्। उनले ३० हजार ५ सय ९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मत ल्याए। एमालेले तुलसीपुरका १० वटा वडामा जित निकालेको छ। जसमा वडा २, ३, ६, ८, १०, ११, १३, १५, १८ र १९ पर्छन्। कांग्रेसले ५, ७, ९, १४ र १७ तथा माओवादी केन्द्रले १, ४ र १२ वडा जित्दा वडा १६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। कटारी नगरपालिकाको मेयरमा कांग्रेसका श्रेष्ठ, उपमेयरमा एमालेकी खड्का