यस्ता छन डाक्टर मनोज कार्कीका थाइराइडसम्बन्धी लक्षण तथा समाधानका उपायहरु

प्रकाशित मिति:

डा. मनोज कार्की बुटवल इन्डोक्राइनो क्लिनिक/भैरहवा इन्डोक्राइनो क्लिनिक (एसिस्टेन्ट प्रोफेशर युसिएमएस ) थाइराड एक पुतली आकारको ग्रन्थि हो , जुन हाम्रो घाटीको तल्लो भागमा अबस्थित हुन्छ । यसबाट उत्पादन हुने थाइराइड हर्मोनले शरिरका अनेकौ अंगका कामलाइ नियन्त्रण र प्रभाब पार्ने गर्दछ ।

थाइराइड हर्मोन किन महत्वपुर्ण छ ?
यसले मानब शरिरको चचापचय बृद्धि र बिकासमा प्रमुख भुमिका खेल्दछ। यदी गर्भावस्था वा चिसो मौसम जस्ता केही परिस्थितीहरुमा शरिरलाइ थप उर्जा पुर्याउन मदत गर्दछ । यसका साथसाथै भ्रुण अबस्थामा दिमागी बिकास , शरिरको तौल, मुटुको चाल, कोलेस्ट्रोल स्तर,महिनावारी इत्यादी जस्ता शरिरका महत्वपुर्ण कार्यलाइ पनी नियन्त्रण गर्दछ ।

थाइराइड सम्बन्धि समस्याहरु के के हुन ?
सामान्यता हाम्रो समाजमा थाइराइडलाइ नै रोग भनेर मानिएको देखियतापनी यसमा बिभिन्न प्रकारका समस्या पर्छन । थाइराइड हर्मोनको मात्रा कम हुनु , थाइराइड हर्मोनको मात्रा बढी हुनु , थाइराइड ग्रन्थिमा सुजन हुनु र थाइराइड क्यान्सर हुनु । तथ्याकंका आधारमा हाल बिश्वमा करिब २०० मिलियन मानिसहरु थाइराइड सम्बन्धि रोगले ग्रसित रहेका छन । जसमध्ये ५० प्रतीशतमा मात्र यो समस्याको निदान भएको पाइएको छ । नेपालमा पनी यस रोगले निकै ब्यापकता लिइरहेको छ तर यस रोग सम्बन्धी ठोस तथ्याकं भने पाइएको छैन ।

थाइराइड रोगको लक्षण तथा उपचार ?
थाइराइड रोगको लक्षण यसका बिभिन्न प्रकार अनुरुप फरक फरक हुने गर्दछ । जस्तै : हाइपोथोरोडिजममा सजिलै थकान महशुस हुने ,जाडो लाग्ने, कब्जियत,शरिरको छाला फुर्सोे हुने,तौल बढ्ने,मुख सुन्निने,स्वर रुखो हुने , कपाल झर्ने,निन्द्रा बढी लाग्ने , महिनावारी गडबढ हुने गर्दछ भने हाइपरथोरोजममा तौल घट्ने, मुटुको चाल बढ्ने, निन्द्रा कम लाग्ने, हात खुट्टा काम्ने,धेरै भोक लाग्ने , चिडचिड पसिना आउने, पखाला लाग्ने, महिनावारी गडबढ हुने डर लाग्ने आदी लक्षणहरु देखा पर्दछन । तर यसको उपचार हाइपोथाइरोजिममा औषधी थाइरोड हर्मन सप्लीमेन्ट एक मात्र उपचार पद्धती हो भने हाइपरथाइरोजिममा औषधी एन्टी थाइरोड मेडिसीन रेडियोएक्टिभ इन्डीन र शल्यक्रिया बिधिहरु रोगको अबस्था हेरी अपनाउन सकिन्छ । यी बाहेक थाइराइड क्यान्सरको लागी शल्यक्रिया तथा रेडियोथेरापी जस्ता उपचारबिधी पनी अपनाउन सकिन्छ ।
प्रस्तुती : एन्जिला घिमिरे न्यौपाने