हुवावेसँग किन डराइरहेको छ अमेरिका ?

प्रकाशित मिति:

७ पुस, काठमाडौं । स्मार्टफोन बनाउने विश्वकै दोस्रो ठूलो कम्पनी हुवावेसँग कुनै पनि देशले ईश्र्या गर्न सक्छ । चीनको यो कम्पनीमा स्मार्टफोन मात्र बनाउँदैन । यसले इन्टरनेट राउटर, सर्वर आदि उत्पादन गर्छ, जसको मद्दतले इन्टरनेट मानिसहरुको घरघरमा पुग्छ । अमेरिका, जापान, अष्ट्रेलिया र न्युजिल्याण्ड जस्ता शक्तिशाली देशले हुवावेका उत्पादनमा प्रतिबन्ध लगाएको छ भने बि्रटेन, क्यानडा र जर्मनीले छलफल गरिरहेको छ । आखिर किन विकसित देश हुवावेका उत्पादनविरुद्ध छन् ?
के छ विकसित देशको चिन्ता ?
इन्टरनेटको दुनियाँ फोरजीबाट अगाडि बढेर फाइभ जीमा प्रवेश गर्दैछ । सर शब्दमा भन्ने हो भने फाइभ जी इन्टरनेटले हाम्रो दुनियाँलाई पुरै परिर्वतन गरिदिनेछ । इन्टरनेटको स्पीड अहिले भएको भन्दा कयौं गुणा बढ्नेछ ।
जब इन्टरनेट अफ थिंक्सको यात्रा सुरु हुनेछ, त्यसबेला अटोमेटेड कारदेखि सबै घरेलु उत्पादन र शहरहरुको निगरानी गर्ने ड्रोन आपसमा एकअर्कासँग जोडिनेछन् ।

यस्तोमा सूचनाको आदान प्रदान जुन उत्पादन हुँदै हुनेछ, त्यो उत्पादन विश्वका सीमित कम्पनीले बनाउनेछन् । तर, हुवावेले यो क्षेत्रमा सफलता पाइसकेको छ । हुवावेले मंगलबार घोषणा गरेको छ कि उसँग विश्वभरमा फाइभजी प्रविधिसँग जोडिएको २५ प्रतिशत कन्ट्राक्ट छ । हुवावेलाई लिएर आशंका गरिएको छ कि चीन सरकारले यो कम्पनीको उपकरणको मद्दतमा अर्को देशको गोप्य जानकारी लिनेछ । फाइनान्सियल टाइम्सको एक रिपोर्टमा हुवावेका उपप्रमुख केन हुको हवाला दिँदै लेखिएको छ, ‘चीनको यो कम्पनीले मंगलबार घोषणा गरेको छ कि उसँग विश्वभरमा फाइभजी इन्टरनेटको २५ प्रतिशत कन्ट्राक्ट छ । यद्यपि केही बजारमा हुवावेविरुद्ध डर देखाउने प्रयास भइरहेको छ र इन्डस्ट्रियल ग्रोथलाई प्रभावित गर्न राजनीतिको सहारा लिइएको छ ।

तर, हामी गर्वका साथ भन्न सक्छौं कि हाम्रो ग्राहक अझै हामीसँगै छन् । हाम्रो उत्पादनमा सुरक्षा खतरा रहेको कुरा गर्नुभन्दा यो राम्रो हुन्छ कि तथ्यमा ध्यान दिऔं र तथ्यले बताउनेछ कि हुवावेको उत्पादन पूर्ण सुरक्षित छ ।’ साथै उसले यो एक स्वतन्त्र कम्पनी भएको र चीन सरकारलाई केही नदिने पनि बताएको छ । सन् २०१२ मा अमेरिकी संसदमा एक रिपोर्ट पेश भएको थियो, जसमा भनिएको छ कि हुवावे चीन सरकारसँग आफ्नो सम्बन्ध खुलाउन चाहँदैन । साथै कम्पनीले अमेरिकी कानुनलाई पालना नगरेको प्रमाण समेत भेटिएको समितिको दाबी छ ।

यो लगत्तै अमेरिकी सरकारले आफ्नो सहयोगी देश, जसलाई फाइभ आई ग्रुप पनि भनिन्छ, त्यहाँ पनि हुवावेमाथि प्रतिबन्ध लगाउने प्रयास थाल्यो ।
हुवावेमाथि पछिल्लोपटक जापानले प्रतिबन्ध लगाएको छ ।

चीन र अमेरिका किन आमनेसामने छन् ?

सन् १९८९ मा सुरु भएको हुवावेले मात्र ३१ वर्षमा टेलिकम उपकरण बनाउने विश्वको सबैभन्दा ठूलो कम्पनी बनेको छ । चिनियाँ सेनाका अधिकारी रेन जेन्फेइले चीनको टेलिकम क्षेत्रको अवस्था बदल्न कम्पनी सुरु गरेका थिए । तर, अब यो चीनमा राष्ट्रिय गौरवका रुपमा देखिन्छ । किनकि इन्टरनेट प्रसारित गर्न जेजे उत्पादन गर्नुपर्ने हुन्छ, यो सबै यो कम्पनीले उत्पादन गर्छ । रेन जेन्फेई अहिले पनि हुवावेका अध्यक्ष छन् । उनकी छोरी मेग वाग्जो १ डिसेम्बरमा क्यानडामा गिरफ्तारमा परिन् । क्यानडाको अदालतमा यो दाबी गरिएको छ कि मेगले हुवावेको उपकम्पनी स्काइकमको मद्दतमा सन् २००९ देखि २०१४ सम्म अमेरिकी प्रतिबन्ध उल्लंघन गर्‍यो । साथै मेगमाथि यो पनि आरोप छ कि अमेरिकी बैंकमा हुवावे र स्काइकम

अलग-अलग कम्पनी भएको बताइयो, जबकि दुबै कम्पनी एक हुन् । न्यूयोर्क टाइम्सका अनुसार न्यूयोर्कको एक अदालतले २२ अगष्टमा मेगलाई गिरफ्तार गर्न वारेन्ट जारी गरेको थियो । अमेरिका र क्यानडाबीच प्रत्यार्पण सन्धी भएकाले क्यानडा सरकारले मेगलाई अमेरिका प्रत्यार्पित गर्ने तयारी थालेको थियो । अमेरिका पुग्दा उनीमाथि कयौं आर्थिक संस्थामा घोटाला गर्ने षड्यन्त्र रचेको आरोपमा मुद्दा चल्न सक्छ, जसमा दोषी ठहर भए ३० वर्षसम्म जेल सजाय हुन सक्छ । मेगको गिरफ्तारी चीनमा एक पूर्वकूटनीतिज्ञलाई हिरासतमा लिएपछि बाहिर आएको हो । बासिङटन पोष्टको एक रिपोर्टअनुसार चीनमा माइकल कोवरिग र माइकल स्पोवर नामका दुई क्यानेडेली नागरिकलाई हिरासतमा लिइएको छ र उनीहरुविरुद्ध राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गराएको आरोप लगाइएको छ ।

क्यानडाका लागि चिनियाँ राजदूत लु शायेले द ग्लोब एण्ड मिलमा लेख लेख्दै भनेकी छन्, ‘जसले चीनमाथि मेग पक्राउको बदलामा केही व्यक्तिलाई हिरासतमा लिएको आरोप लगाइरहेका छन्, उनीहरुले क्यानडाको कदमलाई हेर्नुपर्छ ।’
हाल क्यानडाको अदालतले मेगलाई धरौटीमा छाडेको छ र ६ फेब्रुअरीमा हाजिर हुन भनेको छ ।

अब के हुन्छ ?

मेग वाङजोको गिरफ्तारीमा चीन सरकारले कडा प्रतिक्रिया दिएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन् कि कुनै प्रकारको राजनीतिक संलग्नता छैन । न्यूयोर्क टाइम्सको रिपोर्टमा भने अमेरिकी सरकारका ब्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले भनेका छन् कि यो एक फौजदारी न्याय प्रणाली हो र यो उनको कामभन्दा भिन्न छ ।
जी-२० सम्मेलनका क्रममा चीन र अमेरिका ब्यापार युद्ध ९० दिनलाई रोक्ने सहमति गराउन लाइटहाइजरले भूमिका खेलेका थिए । यस्तोमा मेगको रिहाइका लागि चीन सरकारले कस्तो कदम चाल्छ, त्यो समयले नै बताउँछ ।

(बीबीसी हिन्दीमा प्रकाशित अनन्त प्रकाशको लेखको नेपाली अनुवाद)