गैर आबासीय नेपालि संघ ले जापानमा हुने खेलकुदमा आफ्नो सहभागीता जनाउने

प्रकाशित मिति:

आगामी २०७५ माघको २५ देखि फागुन ३ गते सम्म हुन गैरहेको आठौ राष्ट्रिय खेलकुदमा गैर आबसिय नेपाली संघको टोलीले पनि सहभागी जनाउने भएको छ ।राष्ट्रिय खेलकुद परिषद ले ७ ओटा प्रदेश ३ ओटा विभागीय टिम र एसपाली बाट गैर आबसीय नेपाली संघ (NRNA ) को टिम गरि ११ ओटा टिम लाइ सहभागी गराउने निर्णय गरेको छ।
बिश्वका बिकशित देशहरुले खेलकुदको माध्यमबाट आफ्नो देशको आर्थिक बिकाश गरिरहेको र खेलकुद क्षेत्रले बिश्वको आर्थिक मेरुदण्डको हिस्सा ओगटी रहेको अबस्थामा नेपालले पनी खेलकुद क्षेत्रको बिकाश र विदेशमा रहेका नेपालीखेलाडीलाइ समेत समेट्दै प्रबाशमा रहेका करिब ६० लाख नेपालीको प्रतिनिधित्व हुने गरी गैरआबशिय नेपाली खेलाडीको पक्षमा न्याय गरेको र यो अवसरलाई ल्च्ल्ब् जापानले आफ्नो तर्फ बाट सम्भब भय अनुसार धेरै क्षेत्रमा सहभागी जनाउने जापानका अध्यक्ष टाशी वान्ग्दी लामाले बताउनु भयो ।

राष्ट्रिय खेलकुद परिषदको पछिल्लो तथ्यांक अनुसार खेल क्षेत्रमा सम्भाबना बोकेका खेलाडीहरु अध्ययन, रोजगार लगायतक अवसरको खोजीमा पछिल्लो चरणमा विदेश पलायन हुनेहरुको संख्या बढी भएको र लामो समय प्रबाशमा रहेका नेपाली खेलाडी तथा प्रबाशमा नै जन्मिएका प्रतिभाशालि युबा पुस्ताका खेलाडी हरुलाई समेत अवसर दिएर खेल क्षेत्रलाइ अझै लोकप्रियता र व्यापक बनाउने उद्देस्यले एस पटक बाट गैरआबशिय नेपाली संघले सबै ७९ देशका लअअ बाट खेलाडी छनौट गरि पठाउने परिपत्र आएकाले उल्लेखित खेल शिर्षकमा प्रदर्शन गर्न को लागी ल्च्ल्ब् जापानले पनि खेलाडी छनौट गरी पठाउने भएकाले डिसेम्बेर ३० तारिक भित्र जापानमा रहेका ९नेपाल जापान फूटबल संघ , नेपाल जापान भलिबल संघ लागएतका सम्बन्धित विधाका खेलाडीले बायोडाटा सहित सम्पर्क गर्नका लागी सबैमा आब्व्हान गरेको ल्च्ल् जापानका प्रबक्ता परशुराम बस्नेतले जानकारी गराउनु भयो ।

आठौ राष्ट्रिय खेलकुदमा समाबेश ३५ विधाहरु तपशिल बमोजीम रहेका छन।

१। फुटबल म रपु २ ।एथलेटिक ३ ।बक्सिङ्ग ४ ।भारत्तोलन ५ ।टेबल टेनिस ६ ।क्रिकेट म र पु ७ ।लन टेनिस ८ ।पौडी ९ ।सुटिंग १०। भलिबल म रपु ११। स्क्वास १२। तेक्वान्दो १३ ।जुडो १४ ।आर्चरी १५ ।कबर्दी म रपु १६। खो खो म रपु १७ ।ऊसु १८। बास्केटबल म रपु १९। ब्याडमिन्टन २०। साइक्लिङ्ग २१ ।कराते २२ ।कुस्ती २३ ।फेन्सिंग २४। ट्रायथलन २५। प्याराग्लाइग्डिंग २६। गल्फ २७। ह्यान्डबल २८। बुद्धिचाल २९। सफ्टटेनिस ३०। आइ । टि। एफ ।तेक्वान्दो ३१। सेपाकताक्र्रो ३२। जिम्न्यास्टिक ३३। शारीरिक सुगठन ३४, फुल कन्ट्याक्ट कराते ३५ हक्की रहेका छन ।

खेलाडीको विवरण प्राप्त भएपछी गैरआबसिय नेपाली संघको खेलकुद समितिले अन्तिम नामावली तयार पार्दै आठौ राष्ट्रिय खेलकुदमा यो पटक बाट ल्च्ल्ब् ले आफ्नो अफिसियल टिम लाइ आफ्नो परिचय कार्ड सहित सहभागी गराउने कुरा गैरआबसिय नेपाली संघका ष्अअ युबा संयोजक तथा खेलकुद संयोजक सुदन थापा ले बताउनु भयो ।