‘फेसबुकबाट प्रेम नगर्नुस्’ है ……..

प्रकाशित मिति:

मुम्बईः ‘फेसबुकबाट प्रेम नगर्नुस्, अन्यथा मैलेजस्तो दुःख पाउनुपर्ला,’ पाकिस्तानी जेलमा ६ बर्ष जीवन बिताई यसै साता स्वदेश फर्किएका एक भारतीय नागरिकले शुक्रबार भनेको समाचार आजको कान्तिपुरले आठौं पृष्ठमा छापेको छ । समाचारमा लेखिएको छ, सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक किशोरीसँग प्रेममा परेपछि हमिद नेहाल अन्सारी पाकिस्तान पुगे । सन् २०१२ मा अन्सारी ती किशोरीले दिएको ठेगाना पछ्याउँदै पाकिस्तानमा पुगे ।
उनी किशोरीको घरमा पुग्दा नजिकै तैनाथ पाकिस्तानी प्रहरीले उनलाई पक्राउ गरे ।