हिन्दू राष्ट्र माग गर्नेहरूको हस्ताक्षर सानेपा पुग्यो !

प्रकाशित मिति:

काठमाडौं, ७ पुस । हिन्दू राष्ट्रको पक्षमा नेपाली कांग्रेसका महासमिति सदस्यले गरेको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई बुझाइएको छ। पार्टीभित्र हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दैै आएका नेताहरुको पहलमा महासमिति सदस्यसहित एक हजार पाँच सय ४ जनाको हस्ताक्षर शुक्रबार सभापति देउवालाई बुझाइएको हो ।

मंसिर २९ गते महासमिति बैठक सुरु भएसँगै हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर अभियान थालिएको हो। अभियानको अगुवाइ गरेका डडेलधुराका जिल्ला सभापति कर्ण मल्लका अनुसार हिन्दू राष्ट्रको पक्षमा सात सय १६ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । महासमिति सदस्य झण्डै एक हजार सात सय जना छन्। अभियानमा ४६ जना जिल्ला सभापति, १२ जना केन्द्रीय सदस्यले एक्यबद्धता जनाएका छन् । पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वप्रमुख सचेतक लक्ष्मण घिमिरे, सचेतक पुष्पा भुसाललगायले पनि हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् ।