अष्ट्रेलिया विश्वकपमा छनोट

प्रकाशित मिति:

एजेन्सी । अष्ट्रेलिया यसै वर्ष कतारमा हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ । गएराति भएको खेलमा पेरुलाई पराजित गर्दै अष्ट्रेलिय विश्वकपमा छनोट भएको हो ।प्ले अफको फाइनलमा पेरुलाई टाइब्रेकरमा ५(४ ले पराजित गर्दै अष्ट्रेलिया विश्वकपमा छनोट हुन सफल भएको हो । निर्धारित र थप गरिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा अष्ट्रेलियाका आरोन मोए, क्रेइग गुडविन, एज्दिन रुस्टिक, जेमी माकलरेन र एवेर मविलले गोल गरे । अष्ट्रेलियाका मार्टिन बोएलको सुरुवाती पेनाल्टीमा गोल गर्न सकेनन् ।पेरुका जियानलुका लापाडुला, एलेक्सान्डर कालेन्स, रेनाटो तापिया र इडिसन फ्लोरेसले गोल गर्न सफल हुँदा लुइस इडभिनकुलाले गोल गर्न नसक्दा एलेक्स भालेराको पेनाल्टीलाई गोलरक्षक एन्ड्रिउ रेडमेनले बचाएका थिए ।

त्यसअघि कतारको दोहास्थित अहमेद विन अली स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीले निर्धारित र थप गरिएको अतिरिक्त समयमा केही अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो ।अष्ट्रेलिया कतार विश्वकपमा छनोट हुने ३१औं टोली बनेको छ । अब कोस्टा रिका र न्युजिल्यान्डमध्येबाट एक टोलीले विश्वकपमा स्थान बनाउनेछ । त्यसपछि विश्वकपमा छनोट हुने सबै ३२ राष्ट्रको टुंगो लाग्नेछ ।