दाङमा भएको बस दुर्घटनाप्रति राष्ट्रपति भण्डारीको ‘ट्वीट’ !

प्रकाशित मिति:

काठमाडौं, ७ पुस – राष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीपुर (दाङ्) मा विद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २२ जनाको निधन भएकामा दुःख व्यक्त गरेकी छन् ।उनले आज टवीट्मार्फत शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् । राष्ट्रपति भण्डारीले दुर्घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन् ।